म्याग्दी समाज अमेरिकाद्धारा बाढी पिडितलाई रु. दश लाख ३० हजार सहयोग

Gandaki Ghumau

बेनी, अमेरिकामा रहेका म्याग्देलीहरुले भोटेकोशी–रसुवा बाढी पिडितहरुको लागि रु. १० लाख भन्दा बढी सहयोग गरेका छन् ।

Gunasthariya Shiksya

रोजगारी, अध्ययन र पेशा ब्यवसायको शिलशिलामा रहेका म्याग्देलीहरु आवद्ध म्याग्दी समाज यु.एस.ए. (अमेरिका) मार्फत रु. १० लाख ३० हजार सहयोग गरेका हुन् । समाजका अध्यक्ष कमल बहादुर भण्डारीले शुक्रबार अमेरिकी डलर छ हजार आठ सय नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जानकारी दिनुभयो ।

संस्थाका सदस्यहरुबाट सहयोग जुटाएर सरकारको खातामा रकम जम्मा गरिएको उहाँले जानकारी दिनुभयो । संस्थाले अमेरिकामा अप्ठ्यारो र समस्यामा परेका म्याग्देलीहरुलाई सघाउनुका साथै जन्मथलोको विपद् ब्यवस्थापन, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सघाउदै आएका छन् ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएको रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा राहत, उद्दार र पुननिर्माणका लागि सरकारले गरेको अपिल अनुसार म्याग्दीमा समुदाय स्तरबाट सहयोग जुट्ने क्रम जारी छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...