
बेनी, म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरका विभिन्न संघ संस्थाले रसुवा भोटेकोशी बाढी पिडितलाई रु. दुई लाख ५८ हजार सात सय ६६ सहयोग गरेका छन् ।
बसन्त सदाबर्त गुठीले रु. एक लाख ५१ हजार एक सय ११, संगम आमा समुहले रु. ४४ हजार पाँच सय ५५, रत्नेचौर चेतनशिल आमा समूहले रु. ४२ हजार एक सय, रत्नेचौर युवा क्लवले रु. दश हजार र श्रीजनशिल आमा समूहले रु. १० हजार सहयोग गरेका हुन् ।

उनिहरुले नेपाल सरकारको प्रधानमन्त्री राहत तथा उद्धार कोषमा रकम जम्मा गरेका हुन् ।

