
सुदिप खत्री
सिंगा, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा बुधबार एक महिने योग शिविर सम्पन्न भएको छ ।
नविन आनन्द योग केन्द्र सिंगा उपशाखाको आयोजनामा शिविर सञ्चालन भएको हो । हरेक बिहान दुई घण्टाका दरले सञ्चालन भएको योग शिविरको योग प्रशिक्षक सन्दिप खत्री र दुर्गा गौतमले सहजिकरण गर्नुभएको थियो ।

असल आहार, बिहार, ब्यवहार र बिचारको माध्यमबाट मानसिक तनाव ब्यवस्थापनका लागि नविन आनन्द योग केन्द्र नेपालले थप एक महिना योग प्रशिक्षण सञ्चालनका लागि निशूल्क प्रशिक्षक उपलब्ध गराउने जनाएको छ ।

नविन आनन्द योग केन्द्र सिंगा उपशाखाका अध्यक्ष तेजबहादुर बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), नविन आनन्द योग केन्द्र नेपालका अध्यक्ष हरिप्रसाद पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
