भोटेकोशी बाढी पिडितलाई समुदाय स्तरबाट सहयोग जुट्दै

Gandaki Ghumau

म्याग्दी, १७ भदौ ः भोटेकोशी बाढी पिडितहरुका लागि म्याग्दीमा समुदाय तथा व्यक्तिगत रुपमा सहयोग जुट्ने क्रम जारी छ ।

यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा राहत, उद्धार र पुननिर्माण तथा पुनस्थापनाका लागि उनिहरुले सहयोग गरेका हुन् ।
गुर्जा विकास मञ्चले मंगलबार रु. एक लाख प्रधानमन्त्री राहत तथा उद्धार कोषमा रकम जम्मा गरेका धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो । क्याप्टेन लालबहादुर छन्त्याल अध्यक्ष रहेको गुर्जा विकास मञ्चले आफै डोजर खरिद गरेर धवलागिरी गाउँपालिकाको गुर्जालाई सडक सञ्जालसँग जोड्न अगुवाइ गरेको छ ।

यसैगरी बेनी नगरपालिका–९ मा रहेका विभिन्न संघ संस्थाहरुले पनि मंगलबार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा रु. दुई लाख सात हजार छ सय ३५ जम्मा गरेका छन् । गलेश्वर शिव युवा क्लव, गलेश्वरधाम आमा समूह, गलेश्वर फुटसल समूह, टोल सुधार समिति र गलेश्वर आदर्श आवासीय माविका शिक्षक र विद्यार्थीहरुबाट उक्त रकम जुटाएर कोषमा जम्मा गरिएको हो ।

Shreekrishna

यसैगरी बसन्त बोगटी सदावर्त मुक्तिनाथ गठीले रु. एक लाख ११ हजार एक सय ११ सहयो गरेको बिक्रम बोगटीले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

पर्वतको जलजला गाउँपालिका ७ मा रहेको मार्कन्डे उद्यमशील सहकारी संस्थाले वार्षिक साधारणसभाको खर्च कटाएर बाढी पिडितलाई सहयोग गरेका छन् । यही भदौ २१ गते हुन लागेको साधारणसभाको खाजा खर्चका लागि छुट्याइएको रु. २५ हजार पाँच सय ५५ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिएको हो ।
बाढी प्रभावित क्षेत्रबाट सात जना मजदुर घर फर्किए

भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा जिल्लाको दुई सय १६ मेगावाट क्षमताको अपर त्रिशुली जलविद्युत आयोजनामा कार्यरत म्याग्दीका सात जना मजदुरहरु मंगलबार घर आइपुगेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यका अनुसार मंगला गाउँपालिका–५ किमचौरका तिर्थ बिक, मालिका गाउँपालिका–५ का जित पुन, टेकबहादुर पुन, प्रेम पुन, धवलागिरी गाउँपालिका–२ का टिकाकुमार पुर्जा, बिमल पुर्जा र नविन पुर्जा आफ्नो घर आइपुगेका हुन् ।

मालिका गाउँपालिका–४ ओखरबोट छापका २५ वर्षीय भबिन्द्र रेग्मी र धवलागिरी गाउँपालिका–२ खोरीयाका २३ वर्षीय प्रबिन पुर्जा अझै सम्पर्कबिहिन रहेका सहायक प्रजिअ आचार्यले बताउनुभयो ।

बाढी आएपछि भागेर ज्यान जोगाएका मजदुरहरुले रसुवा देखि चार दिन पैदलहिडेर धादिङ पुगेर गोरखा, पोखरा हुदै बेनी आएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...