ताजा जनादेशका लागि चुनाव– नेता गुरुङ

Gandaki Pardesh notice

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशको विकल्प रोज्नु र प्रतिनिधिसभा बिघटन गर्नु प्रधानमन्त्रीको संबैधानिक अधिकार भएको दावी गर्नुभएको छ ।

बेनीमा शनिबार भएको ओली पक्षका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि जनतामा जानु लोकतान्त्रिक कदम चालेको बताउनुभयो ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष पदका लागि प्रचण्ड र नेपालले पाँचवर्ष कुर्न नसकेको बताउनुभएको छ । प्रचण्ड र नेपालले प्रधानमन्त्रीलाई बहुमतको घेराबन्दीमा पारेकाले संसद बिघटन गर्नुपर्ने बाध्यात्मक अवस्था आएको उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

पार्टी विभाजन नहुँदै प्रदेशहरुमा अहिले नै अविश्वासको प्रस्ताव आउनु उचित नरहेको बताउँदै स्थायी समिति सदस्य गुरुङले जुन–जुन प्रदेशको मुख्यमन्त्री पदमा हारेका थिए अहिले त्यही प्रदेशमा सरकार चलखेल सुरु भएको बताउनुभएको थियो ।

Bhautik ministry notice about road

सोही भेलामा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा पूर्व महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले अहिलेको अवस्थामा प्रधानमन्त्रीले चालेको कदम आवश्यकता र बाध्यात्मक रहेको बताउनुभयो । उहाँले नेकपाका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालका कारण पार्टीमा समस्या आएको बताउँदै बहुमतको दम्भ देखाएपछि प्रधानमन्त्री ओली बाध्य भएर संसद विघटनतर्फ लागेको बताउनुभयो ।

नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपालीले विकास र समृद्धिको युग सुरु भएको बताउँदै नेकपाको कार्यदिशा जनताको जनवादमार्फत समाजवादउन्मुख रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापा, बालकृष्ण काउचा, गण्डकी प्रदेश कार्यालय सदस्य नवराज शर्मा र सामाजिक विकास मन्त्री नरदेवी पुनले केपी शर्मा ओली राजनेता भएको बताउँदै मनमोहन अधिकारी र केपी ओलीले अहिलेसम्म भएका प्रधानमन्त्रीभन्दा सबैभन्दा राम्रो काम गरेको ठोकुवा गर्नुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला नेता हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सचिवालय सदस्यद्वय सन्तोष रावलको स्वागत र सुरत केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुस्कर विकले आफ्नो धारणासहित मन्तव्य राख्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...