
बेनी, १५ भदौ । भोटेकोशी नदीमा आएको बाढी पिडितहरुको लागि म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको वौद्ध युवा क्लवले आर्थिक सहयोग गरेको छ ।

विनासकारी बाढीबाट जनधनको क्षति ब्यहोरेका नागरिकहरुको सहयोगका लागि सरकारले गरेको आव्हान अनुसार प्रधामन्त्री विपद् कोषमा रु. ५० हजार एक सय ६० जम्मा गरिएको क्लवका अध्यक्ष दुर्गा बुढामगरले जानकारी दिनुभयो ।

