फेदीमा ढुंगा खसेर एक घाइते, दुई घरमा क्षति, बस्ति खाली बनाइयो

Gandaki Ghumau

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–५ फेदीमा शनिबार साँझ पाखोबाट ढुंगा खसेर एक जना घाइते र दुई घरमा क्षति पुगेको छ ।

बस्तिमाथीबाट खसेको ढुंगाले रामबहादुर घर्ती र चनमाया श्रेष्ठको घरमा क्षति पुगेको हो । चनमायाको घरमा बस्ने शिव भण्डारीका १० वर्षीय छोरा सिर्जन भण्डारी घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले बताउनुभयो ।

Gunasthariya Shiksya

खुट्टामा चोट लागेर घाइते भएका सिर्जनको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनि खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकलाई उदृद्ध गर्दै प्रहरीले जनाएको छ । पाखोबाट खसेको ढुंगाले घरको छानो भत्काएको छ ।

Shreekrishna

फेदीका बासिन्दा रिमप्रकाश थापाले बस्ति खाली गरेर तल्लो फेदी बस्तिमा राखिएको बताउनुभयो । रातको समयमा थप पहिरो खस्न सक्ने जोखिम आँकलन गरेर फेदीका सात घरपरिवार सुरक्षित ठाउँमा गएर बसेका उहाँले बताउनुभयो ।

फेदी स्थित दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको क्याम्पलाई पनि खाली गरेर त्यहाँ रहेका मजदुरहरुलाई पनि दरवाङ पठाइएको छ । म्याग्दी र दाङखोलाको किनार तथा भिरालो पहाडको फेदीमा बस्ति रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...