कपडा तथा फेन्सी ब्यवसायी समितिको साधारणसभा

Gandaki Pardesh notice

बेनी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीको चौथौ साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

साधारणसभाले समितिको गत वर्षको प्रगति प्रतिवेदन पारित गर्दै आगामी वर्षका लागि नीति तथा कार्यक्रम तय गरेको हो । साधारणसभामा प्रमुख अतिथि म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले संघले सबै बस्तुगत संघहरुलाई समेटेर अघि बढ्ने बताउनुभयो ।

Bhautik ministry notice about road

रबी शर्माको अध्यक्षता, उपाध्यक्ष तुलसीनाथ सुबेदी (रामप्रसाद)को स्वागत मन्तब्य र सहसचिव देवीप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष सुबर्ण रिजाल, सल्लाहकार बिजयकुमार श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

संघले गत असारको पहिरोबाट पिडित मराङ र बिमका बासिन्दालाई चार लाख ५२ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहयोग गरेको थियो । अपाङ्गता भएका बालबालिका, बेनी नगरपालिकाका घरबार बिहीनहरुलाई पनि लत्ताकपडा सहयोग गर्ने लगायत विभिन्न सामाजिक क्रियाकलाप र फेन्सी ब्यवसायीको समस्या समाधान गर्न सहजिकरण गर्दै आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...