म्याग्दीका निर्माण व्यवसायी प्रदिप सापकोटालाई डोलीडारको सम्मान

Gandaki Ghumau

बेनी, । म्याग्दीका निर्माण ब्यवसायी प्रदिप सापकोटालाई स्थानीय पूर्वाधार विकास विभागले सोमबार काठमाडौमा सम्मान गरेको छ ।

विभागको २८ औ स्थापना दिवसको अवसरमा विभाग अन्र्तगत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, पोखराबाट सञ्चालित मुना–दर झोलुङ्गे पुल निर्माण कार्य सुरु सम्झौता अवधि अगावै सम्पन्न गरेको बेनी नगरपापलिका–२ खबराको रामकृष्ण कन्ट्रक्सनका सञ्चालक सापकोटालाई सम्मान गरेको हो ।

Gunasthariya Shiksya
Shreekrishna

सञ्चालक सापकोटालाई पूर्वाधार विकास मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देल र महानिर्देशक अशोक कुमार शाहले प्रशंसापत्र प्रदान गर्नुभएको थियो । धौलागिरि गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि रु दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।

विसं २०८२ को मङ्सिरसम्ममा पूरा गर्नेगरी सम्झौता भएकामा निर्माण कम्पनीले २०८२ असार महिनामै काम पूरा गरेर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेको थियो । पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ । साथै दर, मुदी, खिवाङ, नेरवाङ, बगर, नाउराका बासिन्दा लामो बाटो भएर गाउँपालिकाको केन्द्र मुना पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...