राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न

Gandaki Ghumau

बेनी ः म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ ।
नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो । “बाँध, डिसेण्डर, सुरुङ, स्विचयार्डको परिक्षण सफल भइसकेको छ,” उहाँले भन्नुभयो “२० मेगावाट क्षमताको एक वटा ‘युनिट’को परिक्षण पनि सकिएको छ । अर्को २० मेगावाटको युनिटको पनि आइतबारदेखि परिक्षण थालिएको छ ।”

एक हप्ता देखि १० दिनसम्म परिक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरु गर्ने लक्ष्य सहित तिब्रताका साथ काम भइरहेको केसीले जानकारी दिनुभयो । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरीको परिक्षण भइसकेको छ ।

Shreekrishna

तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम सकेर जडान भएका उपकरणहरुको परिक्षण थालिएको हो । आयोजनाबाट उत्पादीत विद्युतलाई केन्द्रिय प्रशारण लाइनमा जोड्नका लागि विद्युतगृह परिसरमा निर्माण भएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) रु. छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो, सन २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बर सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो ।

Gunasthariya Shiksya

चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न हुन लागेको हो । कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाई भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो ।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना सञ्चालन गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आईभिआरसिएल सँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । आइभिआरसिएलसँग वि.स. २०६६ मा ठेक्का सम्झौता भएको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार जिल्लामा सबैभन्दा पहिले र सरकारी लगानीमा सञ्चालन भएको राहुघाटलाई जलविद्युत विकासको ‘गेटवे’ (प्रवेशबिन्दु) मानिएको थियो । “राहुघाट शुरु भएपछि म्याग्दीमा भित्रिएका १० वटा आयोजना सम्पन्न भइसकेको छन्,” उहाँले भन्नुभयो “ढिलै भएपनि दुई दशकको प्रतिक्षापछि राहुघाट जलविद्युत आयोजना सम्पन्न भएको खबरले हामीलाई उत्साहीत बनाएको छ ।”

पछिल्लो पटक छनौट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रशारण लाइन पनि बनिसकेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...