
प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक र निजी भ्रमणको शिलशिलामा शनिबार मुस्ताङ पुग्नुभएको छ । उहाँले शनिबार साझनै मुक्तिनाथ मन्दिरको दर्शन र पुजाआजा गर्नुभएको छ ।
काठमाडौदेखि स्थलमार्ग भएर शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्ताम स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा परिवार सहित बास बसेका प्रधामन्त्री शाह आफै गाडी चलाएर जोमसोम पुग्नुभएको हो । भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रधानमन्त्रीको साथमा उहाँका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन, श्रीमति सविना काफ्ले, छोरी, पर्यटन मन्त्री खड्गराज पौडेल पनि सहभागी हुनुहुन्छ । मुस्ताङ जाने क्रममा प्रधानमन्त्रीले अन्नपूर्ण गाउँपालिका–३ भुरुङ तातोपानीमा रहेको होटल नेचुरल स्पिरिङमा खाना खानुभएको थियो । ब्यवसायी राजु हमालले सञ्चालन गरेको यो होटल उच्च पदस्थहरुको रोजाईमा परेको छ ।

आफै गाडी चलाएर मुस्ताङ पुगेका प्रधानमन्त्रीको भ्रमणपछि पहिरो र नदी कटानले जोखिमयुक्त अवस्थामा रहेको जिर्ण बनेको बेनी–जोमसोम कोरला सडकको म्याग्दी खण्ड सुधार हुने अपेक्षा गरेका स्थानीयबासीहरु प्रधानमन्त्रीलाई भेट्न र आफ्ना कुरा राख्न नपाएकोमा भने गुनासो गरेका छन् ।
प्रधानमन्त्रीको भ्रमणका विषयमा जिल्लाका सुरक्षा निकायहरुलाई पनि औपचारिक जानकारी दिएन् । प्रधानमन्त्री कार्यालयले निजी र पारिवारिक भनेको प्रधानमन्त्रीले गोप्य राख्न खोजेको यस भ्रमणलाई विभिन्न कोणबाट अर्थपूर्ण रुपमा हेरिएको छ ।


