अन्नपूर्णको पर्यटकीय स्थल आलडाडामा केन्द्रीय लाइनको विद्युत विस्तार

Gandaki Ghumau

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित पर्यटकीय स्थल आलडाडामा केन्द्रिय प्रशारण लाइनको सुविधा विस्तार भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम मार्फत राम्चे देखि आलडाडाँसम्म प्रशारण लाईन विस्तार र ट्रान्सफर्मर जडान गरि परिक्षण सफल भएको हो ।

नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले पुरानो ठेक्काबाट आलडाडासम्म विद्युत सुविधा विस्तार भएको र मोहरेडाडा, फुलबारी, डाडाखर्क र कालिबराहमा विद्युत विस्तारका लागि अर्को ठेक्का सम्झौताको तयारी भएको जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

मोहरेडाडा, फुलबारी, डाडाखर्क र कालीबराह अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्ग र करबाकेली पदमार्गमा समेटिएका पर्यटकीय स्थल हुन् । बस्ति देखि टाढा रहेका यहाँका सामुदायिक लज र व्यक्तिगत होटल, रेष्टुरेन्ट र चियापसलमा विद्युत अभावमा सौर्य उर्जा मार्फत विद्युत आपुर्ति हुदै आएको छ ।

केन्द्रिय लाइन विस्तार भएपछि उज्यालो, इन्टरनेट चलाउन, टिभी हेर्न, फ्रिज, वासिङ मेसिन लगायतका उपकरण सञ्चालन गर्न सहज भएको आलडाडाका होटल ब्यवसायी भक्तबहादुर पुर्जा पुनले बताउनुभयो ।

प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्र्तगत म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तारको लागि पोल गाड्ने, तार तान्ने, ट्रान्सफर्मर जडान गर्ने काम गर्न वि.स. २०८१ असोजमा बेनीको न्यू ढुंगाना निर्माण सेवाले ठेक्का लिएको थियो ।

उक्त निर्माण कम्पनीका सञ्चालक दिनेश ढुङ्गानाले नेपाल विद्युत प्राधिकरणले राम्चेको आलडाडासम्म विद्युत लाइन विस्तार गरि एक सय केभिए क्षमताको ट्रान्सफर्मर चार्ज गर्न सफल भएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...