बेनी, पोखरा र काठमाडौमा धवलागिरीको घुम्ती शिविर, छ सय जना लाभान्वित

Gandaki Ghumau

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई उनिहरु बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराएको छ ।

काठमाडौ, पोखरा र बेनीमा सञ्चालन भएको घुम्ती शिविरबाट छ सय नौ जना लाभान्वित भएका हुन् । काठमाडौमा साउन २४ गते एक सय, पोखरामा साउन २७ र २८ गते तीन सय ५०, बेनीमा २९ र ३० गते सञ्चालन भएको शिविरबाट एक सय ५९ जनालाई सेवा उपलब्ध गराएको गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत सेवा उपलब्ध गराउन घुम्ति शिविर लिएर बजार झरेका जनप्रतिनिधी र कर्मचारी जिल्ला सदरमुकाम बेनीको शिविर सम्पन्न गरेर शनिबार गाउँ फर्किएका छन् ।

Shreekrishna

जेष्ठ नागरिक, अशक्त र अससायहरुलाई लक्षित गरेर उनिहरु बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिस सम्बन्धी सेवा दिएको रोकाले बताउनुभयो ।

Gunasthariya Shiksya

गाउँपालिकामा नाम भएपनि बजारमा बसोबास गर्ने जेष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरुलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधी र कर्मचारीनै सहर झरेकाले सेवा प्राप्त गर्न सहज भएको छ ।

बेनीमा बस्दै आउनुभएकी धवलागिरी गाउँपालिका–३ मुनाकी मनरुपी गर्बुजाले बर्खाको समयमा गाउँमा रहेको वडा कार्यालयमा पुग्दा हुने समय र खर्चको बचतका साथै झञ्जट हटेको बताउनुभयो । तातोपानीमा बसोबास गर्नुहुने धवलागिरी गाउँपालिका–४ मुदीकी ७५ वर्षीया जसिका पुनले जेष्ठ नागरिक र अशक्तलाई शिविरले राहत मिलेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर सहित साथै सात वटै वडाका अध्यक्ष र सचिवहरुले शिविरमा सेवा दिनुभएको छ । धवलागिरीमा करिब तीन हजार जनालाई वार्षिक रु. १० करोड भन्दा बढी सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ ।

सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि औपचारिक रुपमा बसाईसराई गर्ने अवस्था नआवस भनेर घुम्ती शिविर मार्फत बसेकै ठाउँमा पुगेर सेवा उपलब्ध गराउने अभ्यास गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । अशक्तलाई घरमा र बिरामीलाई अस्पतालमा पुगेर पनि सेवा दिइएको उहाँले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...