प्रकाश दुतराजले बेनीबाट लोकगितको ब्याण्ड र एकल सांगितिक अभियान शुरु गर्ने

Gandaki Ghumau

बेनी, । चर्चीत कलाकार प्रकाश दुतराजले म्याग्दीको बेनीबाट एकल गायन अभियान र लोकगितको ब्याण्ड सुरु गर्ने भएका छन् ।

म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा जन्मिएर सदरमुकाम बेनीमा किशोर अवस्था बिताएका प्रकाशले (ब्याण्ड) सांगितिक समूह बनाएर एकल लोक गित गाएन अभियान शुरु गर्न लागेका हुन् ।

म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा भदौ १२ गते बेनीबाट शुरु हुने प्रकाशको कार्यक्रमलाई ‘दुतराज प्रकाश नयाँ अभ्यास’ नाम दिइएको छ । दुतराजको सांगितिक अभियानलाई द लाईट फाउण्डेशन नेपालले सहयोग र लाईन अप नेपालले ब्यवस्थापन गर्नेछन् ।
सांस्कृतिक कार्यक्रम र मेला महोत्सवहरुमा ट्याकमा गित गाउँदै आएका दुतराजले बाद्यबाधन सामग्री सहित लाइभ गित प्रस्तुत गर्नुहुनेछ । आधुनिक र पप गितका ब्याण्ड भएपनि आफूले लोकगितमा आधारित ब्याण्ड बनाएर फरक शैली र अभ्यासमा लोक संगित प्रेमीहरुमाझ प्रस्तुत हुन लागेको दुतराजले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

प्रकाशका गितमा प्रयोग भएका शब्द र संगित मात्र होइन् नृत्य पनि मौलिक र मनछुने किसिमका छन् । उहाँ गितको शब्द रचना, गायन, संगित, निर्देशन र अभिनय आफै गर्नुहुन्छ । प्रकाशका गितका म्युजिक भिडियोले मनोरञ्जनसँगै सन्देश पनि बोकेका छन्् । मिठास शब्द र संगितले भरिएको गितको भिडियोमा मार्मिक र अर्थपुर्ण दृष्य र कथा समेटिएका छन् ।

गित गाएरै बुवा, आमालाई विदेशबाट फर्काएर गाउँमा घर बनाएर राखेका प्रकाशले भाईबहिनीलाई पढाइमा सघाएका छन् । प्रकाशको परिचयसँगै सामाजिक र आर्थिक हैसियत फेरिएको छ । ‘युट्युव’ र स्वदेश तथा विदेशमा हुने ‘स्टेज’ कार्यक्रमलाई उहाँले आम्दानीको स्रोत बनाउनुभएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले म्याग्दी महोत्सवबाट पहिचान भएका प्रतिभा प्रकाशको सांगितिक क्षेत्रको सफलता म्याग्दीको महत्वपूर्ण सांस्कृतिक उपलब्धी भएको बताउनुभयो ।

जनै पूर्णिमाका दिन बेनीको खुल्ला मञ्च खेलमैदानमा हुने प्रकाशको सांस्कृति कार्यक्रममा मौलिकता झल्कने जातीय पोशाक सहित उपस्थित हुन आयोजकले जनाएका छन् । म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम गौतम र सचिव मोतिलाल पौडेलले प्रकाशको सांस्कृति कार्यक्रम सफल बनाउन तयारीलाई तिब्र बनाएको जानकारी दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...