
म्याग्दी, । म्याग्दीको बेनी–दरवाङ सडक अन्र्तगत बेनी नगरपालिका–६ चुत्रेनी क्षेत्रमा सडक किनारामा सामुदायिक वन दिवसको अवसरमा सोमबार वृक्षारोपण गरिएको छ ।

डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ र थाकन भालुखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सडक किनारामा करिब एक सय वटा फुल प्रजातिका बिरुवा रोपिएको हो ।
जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, डिभिजन वन कार्यालयका प्रमुख बसन्तकेशव अधिकारी सहित सुरक्षा अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघका पदाधीकारी र थाकन भालुखोला सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुले सडक किनारमा बिरुवा रोप्नुभएको थियो । कल्किफुल, गुलमोहर लगायत प्रजातिका फुलका बिरुवा हुर्काउन सकेमा हरियाली र सौन्दर्यकरण हुने अपेक्षा गरिएको छ ।

