म्याग्दीका क्रियशन रोका भ्वाइस अफ नेपाल किड्स सिजन ५ को फाइनलमा प्रवेश

Gandaki Ghumau

म्याग्दीको मंगला गाउँपालिका ३ सातबिसेका १२ वर्षीय क्रियशन रोकामगर भ्वाइस अफ नेपाल किड्स सिजन ५ को फाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार साँझको सेमिफाइनल प्रस्तुतिमा बेनीको बजार जता माया उतै छ नजर बोलको गित प्रस्तुत गर्नुभएको थियो । सेमीफाइनलमा ८ जनाबीच प्रतिस्पर्धा भएको थियो । चार जना प्रतिस्पर्धी मध्य क्रियशनलाई बिजयी गराउन आगामी शुक्रबार साँझ सवा नौ बजेसम्म क्रियशनलाई अनलाइन माध्यमबाट खल्ती एफबाट भोटिंग गर्नुपर्नेछ ।

Gunasthariya Shiksya

क्रियशन बाबियाचौरमा रहेको मंगला माविको कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ । उहाँलाई सेमीफाइनल चरणमा बिजयी गराउन मंगला मावि र राष्ट्यि लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दी शाखाले बाबियाचौर, तातोपानी र बेनीमा घरदैलो गरेर अनलाइन भोटिंगको अपिल गरेका थिए । क्रियसनका आमा युकुमारी रोकाले सेमीफाइनल चरणसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिदै फाइनल राउण्डमा पनि बिजयी गराउन सहयोगको अपिल गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...