६० वर्षमा तिलमायाले पाउनुभयो नागरिकता, अब छोराछोरीको भविष्य सहज हुने आशा

Gandaki Ghumau

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीकी तिलमाया कामीले ६० वर्षको उमेरमा शुक्रबार नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

तिलमायाका श्रीमान खबहादुर कामीले पनि ७२ वर्षको उमेरमा हालै जिल्ला प्रशासन कार्यालय, म्याग्दीबाट नागरिकता पाउनुभएको थियो । बोल्न नसक्ने तिलमाया र खबहादुर दम्पत्ती कान पनि नसुन्ने अपाङ्गता हुनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले तिलमायालाई नागरिकता हस्तान्तरण गर्नुभएको हो । तिलमाया र खबहादुरले नागरिकता प्रमाणपत्र प्राप्त गरेपछि उहाँहरुका छ जना छोराछोरीहरुको जन्मदर्ता, नागरिकताप्रमाणपत्र बनाउने, सामाजिक सुरक्षा भत्ताको सुविधाका लागि प्रक्रिया अघि बढाउने कानुनी बाटो खुलेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले अशक्त र अपाङ्ग तिलमायालाई श्रीमान र दाजुको खनाखत गराएर सहज रुपमा नागरिकता प्रमाणपत्र उपलब्ध गराएको बताउनुभयो । नागरीकता प्राप्त गरेपछि तिलमायाले खुसी व्यक्त गर्नुभयो ।

तिलमाया र खबहादुरका छोराहरुले झञ्जटरहित तवरले सेवा उपलब्ध गराएकोमा जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिनुभयो । अभिभावक र सन्तानको नागरिकता नहुँदा हरेक काममा उनिहरुलाई असहज भएको थियो ।

जन्मदर्ता गराएर नागरिकता बनाउने र बुवाआमालाई सामाजिक सुरक्षा भत्ताका लागि वडा कार्यालयमा निवेदन दिने उहाँहरुले बताउनुभयो । आफ्नै घर नभएका बिक परिवार ठाडाखानीमा अरुको घरमा बस्दै आउनुभएको छ ।

वडा कार्यालयबाट प्रक्रिया पुरा गरेर आवेदन पेश गरेमा भूमिहिन सुकुम्बासी दलितलाई जग्गाधनी पुर्जा पनि वितरण गर्ने कार्यक्रम रहेको प्रजिअ आचार्यले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...