प्रदेश अस्पताल बेनीमा डायलाइसीस सेवा विस्तार

Gandaki Ghumau

बेनी, — म्याग्दीको प्रदेश अस्पताल बेनीमा विस्तारित डायलाइसिस सेवाको औपचारिक शुभारम्भ गरिएको छ। गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले बिहीबार आयोजित कार्यक्रममा सेवाको उद्घाटन गर्नुभएको हो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौला विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य, जिल्ला समन्वय समिति प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, धौलागिरि प्रादेशिक अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारी, निमित्त कार्यालय प्रमुख डा. हेमन्त बाँस्तोला, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, पत्रकार, सुरक्षा निकाय तथा अस्पताल परिवारको उपस्थिति रहेको थियो।

कार्यक्रममा निमित्त कार्यालय प्रमुख डा. हेमन्त बाँस्तोलाले अस्पतालको सेवा प्रवाह, उपलब्धि, चुनौती तथा विस्तारित डायलाइसिस सेवाको आवश्यकता र यसको प्रभावबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

Shreekrishna

प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले स्वास्थ्य सेवा प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सबै सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो। बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्थानीय तह र अस्पतालबीचको सहकार्यलाई थप सुदृढ गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका सदैव सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Gunasthariya Shiksya

स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौलाले अस्पतालको सेवा गुणस्तर अभिवृद्धि, सुशासन तथा उपलब्ध स्रोत–साधनको प्रभावकारी व्यवस्थापनमा जोड दिनुभयो।

स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले प्रदेश सरकारले विशेषज्ञ तथा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै विस्तारित डायलाइसिस सेवाले म्याग्दीसहित आसपासका जिल्लाका मिर्गौला रोगीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अस्पतालको पूर्वाधार, जनशक्ति र सेवा विस्तारका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाउनुभयो।

कार्यक्रममा विस्तारित डायलाइसिस सेवा सञ्चालनका लागि आवश्यक पूर्वतयारी, व्यवस्थापन र समन्वयमा उल्लेखनीय योगदान पुर्‍याउने स्वास्थ्यकर्मी तथा व्यवस्थापन टोलीलाई सम्मानपत्र प्रदान गरिएको थियो। साथै आर्थिक वर्ष २०८२/८३ को अस्पतालको वार्षिक प्रतिवेदन स्वास्थ्य मन्त्री पाण्डेद्वारा विमोचन गरिएको थियो।

कार्यक्रमको समापन गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डेकबहादुर बानियाँले अस्पतालको समग्र सेवा, आवश्यकता र भावी योजनाबारे जानकारी गराउँदै सबै सरोकारवालाको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो।

प्रदेश अस्पताल बेनीमा यसअघि ३७ जना बिरामीले नियमित डायलाइसिस सेवा लिइरहेका थिए। सेवा विस्तारसँगै अहिले ४० जना बिरामीले सेवा पाउन थालेका छन् भने अब अस्पतालले ४५ जनासम्मलाई डायलाइसिस सेवा उपलब्ध गराउन सक्ने जनाएको छ। सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकारले तीन वटा नयाँ डायलाइसिस उपकरण उपलब्ध गराएको अस्पतालले जनाएको छ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...