हाडेभिरका पहिरो पिडितलाई धवलागिरीको राहत सहयोग

Gandaki Ghumau

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको हाडेभिरका पहिरो पिडितलाई गाउँपालिकाले मंगलबार राहत उपलब्ध गराएको छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेल, राजस्व शाखा प्रमुख तिलकशंकर पौडेल, कृषि प्राबिधिक कुलबहादुर खत्री र कर्मचारी तारानाथ जैशीको टोलीले हाडेभिरका धनकुमारी थापालाई खाद्यान्न र लत्ताकपडा उपलब्ध गराउनुभएको हो ।

Gunasthariya Shiksya

सोमबार बिहान पाखोबाट खसेको पहिरोले धनकुमारी बस्दै आउनुभएको घर र जग्गा जमिन पुरिएको थियो । धनकुमारी लगायत तीन जनालाई सुरक्षाकर्मी र स्थानीयबासीले सकुशल उद्दार गरेका थिए ।

Shreekrishna

जोखिममा रहेका धनकुमारीका परिवार र फार्ममा पालिएका भैसीलाई सुरक्षित ठाउँमा सारिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...