बेल्फि लुरवाङ सिचाई आयोजना : आकाशे पानीको भर पर्नुपर्ने बाध्यता हट्यो

Gandaki Ghumau

बिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङ स्थित खेतमा यसपाली असार दोस्रो सातामै रोपाई गर्नुभयो ।

“आकाशे पानी पर्खिदा बिउ छिप्पिएपछि साउनमा रोपाई गर्नुपर्ने समस्या थियो,” उहाँले भन्नुभयो “पक्की नहर बनेपछि समयमै धान रोपाई गर्न पाएका छौ ।” बेल्फी लुरवाङ सिचाई योजना निर्माण सम्पन्न भएपछि तुलप्रसाद जस्तै बिमका किसानहरुलाई लुरवाङ फाँटमा धान रोपाईका लागि आकाशे पानीको भर पर्नुपर्ने समस्याको अन्त्य भएको हो ।

वि.स. २०४५ मा निर्माण भएको कच्ची नहरलाई पक्की बनाएपछि योजनाबाट लुरवाङमा रहेको एक सय ५० घरधुरी किसानको करिब तीन सय रोपनी जमिनमा सिचाई सुविधा पुगेको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताउनुभयो । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो ।

Shreekrishna

नहरमा पानी चलाउन थालेपछि लुरवाङको फाँटमा धान रोपाइका लागि यसपाली आकाशे पानी कुर्न नपरेको उपभोक्ता समितिका अध्यक्ष झकबिर जुग्जालीले बताउनुभयो । कच्चि नहरमा पानी सोसिने र भिरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो ।

Gunasthariya Shiksya

पक्की नहर निर्माण भएपछि बेल्फिको मुहानबाट लुुरवाङको फाँटमा सिचाईका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झञ्जटबाट मुक्ति मिलेको छ । पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।

आर्थिक वर्ष २०८०÷०८१ देखि शुरु भएको आयोजना निर्माण कार्यले यसपाली पूर्णता पाएको खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले बताउनुभयो ।

चालु आर्थिक वर्षमा बिनियोजन भएको रु. १० लाख बजेटबाट लुरवाङ फाँटको खोल्सामा छ मिटर लामो एक वटा ‘क्रसिङ’ बनाएर पानी तारिएको छ । थप एक सय ७५ मिटर पक्की नहर निर्माण भएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा रु. २० लाख बजेट बिनियोजन भएको योजना मार्फत गलघण्टीको भिर र लुरवाङमा तीन सय मिटर पक्की नहर निर्माण भएको थियो । एक सय ७० मिटर एक सय २५ मिलिलिटर क्षमताको पाइपलाइन जडान गरिएको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा बिनियोजन भएको रु. १० लाख बजेटबाट बेल्फिमा इन्टेक, बाँध र करिब दुई सय मिटर पाइपलाइन जडान भएको थियो ।

लुरवाङमा धान लगायत खाद्यबालीका साथै सुुन्तला र व्यवसायिक तरकारी खेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयबासीले अन्नको भण्डार मान्ने गर्छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...