दग्नाममा बस्ती संरक्षण योजना निर्माण

Gandaki Ghumau

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको छ ।

सिचाई तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत दग्नामको बस्तीलाई जोखिम बनाएको पहिरो र नदी कटान नियन्त्रण गरिएको हो ।

संघीय सरकारले बिनियोजन गरेको रु. तीन करोड बजेटबाट दग्नाम गाउँको फेदी, कान्छि गाउँको फेदी पानाकोट र कुम्माखोलाको किनारमा तटबन्ध निर्माण भएको रघुगङ्गा गाउँपालिका–४ का वडा अध्यक्ष पविन गर्बुजाले बताउनुभयो ।

Shreekrishna

“भिरालो पाखामा रहेको दग्नाम गाउँ पहिरो र कम्माखोलाको कटानको जोखिममा परेको थियो,” उहाँले भन्नुभयो “ग्यावीयन पर्खाल र तटबन्ध गरेपछि पहिरो, बाढी र कटानको जोखिममा घटेको छ ।”

एक सय भन्दा बढी घरपरिवारको बसोबास रहेको दग्नामकाका बासिन्दाहरुले योजना निर्माणपछि सुरक्षित महशुस गरेका वडा अध्यक्ष गर्बुजाले बताउनुभयो । रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम हुदै दर्मीजा, चिमखोला, कुइनेमंगले जोड्ने सडकलाई पनि सुरक्षित बनाएको छ ।

Gunasthariya Shiksya

उक्त योजना निर्माणका लागि रु. दुई करोड २५ लाख ६९ हजार नौ सय २९ मा हिमालयन कन्ट्रक्सन÷ताण्डपेश्वर÷हिमालयन बिल्डर्स जे.भी.ले वि.स. २०८२ फागुन २९ गते ठेक्का सम्झौता गरेको थियो ।

सिचाई तथा जलस्रोत ब्यवस्थापन आयोजनाका इञ्जिनियर नरजङ्ग गुरुङले योजना मार्फत तीन हजार सात सय ५३ घनमिटर ग्यावीयन पर्खाल निर्माण गर्ने काम सम्पन्न भएको जानकारी दिनुभयो । यही असार १९ गते सम्मको ठेक्काको म्याद रहेको आयोजना निर्धारित समय अगावै सम्पन्न भएको उहाँले बताउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधी रविन्द्र कार्कीले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बावजुद सम्झौता लगत्तै निर्माण सामग्री ब्यवस्थापन, मजदुर र उपकरण परिचालन गरेर निर्धारित समय अघिनै योजना सम्पन्न गरी जिम्मेवारी पुरा गरेको बताउनुभयो । स्थानीय जनप्रतिनिधी र समुदाय, आयोजना कार्यालयले सहजिकरण र समन्वय गरेकाले समयमै योजना सम्पन्न गर्न सफल भएको उहाँले बताउनुभयो ।

यसैगरी संघीय सरकारको रु. दुई करोड ३९ लाख लगानीमा रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम–दर्मीजा– चिमखोला– घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा नौ सय मिटर ढलान गरेर पक्की बनाइएको छ । दग्नाम, दर्मीजा, चिमखोला, घ्याँसीखर्क, मंगलेखानी, चौरखानी र पात्लेखर्क गाउँका बासिन्दाहरु लाभान्वित भएका वडा अध्यक्ष गर्बुजाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...