सिस्नेरी र खवाङबासी अन्धकारमा, विद्युतीकरण योजना अलपत्र

Gandaki Ghumau

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–४ सिस्नेरी र खवाङ अन्धकार बनेको छ ।

हालसम्म केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधाको पहुँच नपुगेको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सिस्नेरी– खवाङमा रहेको महखोला लघुजलविद्युत परियोजनाको उपकरण बिग्रिएपछि अन्धकार बनेको हो । खवाङका बासिन्दा चामबहादुर पुनले यही असार १५ गते पाँच किलोवाट क्षमताको लघुजलविद्युत परियोजनाको टर्वाइन बिग्रिएपछि गाउँ अन्धकार भएको बताउनुभयो ।

“केन्द्रिय प्रशारण लाइन विस्तारका लागि दुई वर्षअघि ल्याइएको तार र पोल अलपत्र छन,” उहाँले भन्नुभयो “लघुजलविद्युत परियोजना पनि बिग्रिएपछि ६० घरपरिवारको बसोबास रहेको सिस्नेरी र खवाङका बासिन्दा रातमा उज्यालोका लागि टुकी र दियालोको साहारा लिनुपर्ने अवस्था सिर्जना भएको छ ।”

Shreekrishna

सिस्नेरी, खवाङका साथै मालिकाको गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने देविस्थानको पन्थोक र जुग्जामा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तारका लागि सञ्चालित योजना अलपत्र बनेको छ ।

Gunasthariya Shiksya

केन्द्रिय लाइनको विद्युत सुविधा विस्तारमा भएको ढिलाईले रातको समयमा उज्यालो, मोवाइल चार्ज गर्न, इन्टरनेट चलाउन, टेलिभिजन हेर्न, विद्यालयमा कम्युटर विषयको पठनपाठन, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रवाह र कुटानी पिसानी मिल सञ्चालनमा समस्या भएको पन्थोक स्थित भिम माध्यमिक विद्यालयका पुर्व प्र.अ. डम्मरबहादुर घर्तीले बताउनुभयो ।

पन्थोकमा एक सय ३२ र जुग्जामा ७२ घरपरिवारको बसोबास छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्र्तगत पन्थोक र जुग्जा लगायतका म्याग्दीका १४ स्थानका दुई हजार एक सय ८३ घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तारको लागि पोल गाड्ने, तार तान्ने, ट्रान्सफर्मर जडान गर्ने काम गर्न वि.स. २०८१ असोजमा बेनीको न्यू ढुंगाना निर्माण सेवाले ठेक्का लिएको थियो ।

उक्त निर्माण कम्पनीका सञ्चालक दिनेश ढुङ्गानाले नेपाल विद्युत प्राधिकरणले आवश्यक उपकरण र गरेको कामको भुक्तानी नगरेकाले योजनाको काम प्रभावित बनेको बताउनुभयो । “प्राधिकरणले उपकरण र सामग्री उपलब्ध गराएको छैन,” उहाँले भन्नुभयो “ठेक्का सम्झौता भएयता पेस्की बाहेकको रकम भुक्तानी पाएको छैन् ।”

कार्यालयले बिल भुक्तानीमा सहजिकरण र सिफारिस नगरिदाँ मजदुरलाई ज्याला तथा आपुर्तिकर्तालाई भुक्तानी दिन समस्या भएको ढुङ्गानाले गुनासो गर्नुभयो । नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले निर्माण ब्यवसायीले ढिलासुस्ति र लापरबाही गरेको बताउदै प्रदेश कार्यालयलाई उपकरण, सामग्री उपलब्ध गराउन र भुक्तानीका लागि सहजिकरण गरिरहेको प्रतिक्रिया दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...