हुमखोलामा झोलुङ्गे पुल निर्माण

Gandaki Ghumau

बेनी, ः नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ स्थित हुमखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले निर्माण गरेको ५७ मिटर लामो झोलुङ्गे पुलबाट स्थानीयबासीका साथै मौरिस हर्जोग पदमार्ग भ्रमणमा आउने पर्यटकहरु लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले नयाँ पुल निर्माण भएपछि काठको फल्याक राखिएको, हल्लिने पुलमा जोखिम मोलेर अन्नपूर्ण खोला वारपार गर्नुपर्ने समस्याको अन्त्य भएको बताउनुभयो ।

“एक पटकमा एक देखि दुई जना मात्र पालो गरेर खोला तर्नुपर्ने समस्या थियो,” उहाँले भन्नुभयो “झोलुङ्गे पुल बनेपछि आलो पालो गरेर खोला तर्नुपर्ने पदयात्री, पर्यटक र स्थानीयबासीको बाध्यता हटेको छ ।” पर्यटक बाहेक नारच्याङका पाँच सय ४९ घरपरिवार यो पुलबाट लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक हजार दुई सय २१ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

संघीय सरकारले रु. १३ लाख ८२ हजार सात सय ९५ शशर्त अनुदान र रु एक लाख ८९ हजार छ सय ९३ बराबरको लठ्ठा र बुलडगग्रिप्स्) उपलब्ध गराएको पुल निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले रु. १३ लाख ७४ हजार चार सय अनुदान र उपभोक्ताले रु. ७३ लाख आठ सय ८० बराबरको श्रमदान गरेका अन्नपूर्ण गाउँपालिकाका सव इञ्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।

गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक र सामाजिक परिचालन सहयोगमा पुल निर्माण भएको हो । पदमार्गको अन्य ठाउँमा पनि झोलुङ्गे पुल बनाउन संघीय र प्रदेश सरकारसँग समन्वय गरिएको गाउँपालिकाका उपाध्यक्ष पुनले बताउनुभयो । नारच्याङ देखि दुई घण्टा गाडीको यात्रा गरेपछि पुगिने हुमखोला देखि अन्नपूर्ण आधार शिविरको पदयात्रा शुरु हुन्छ ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविर मुनी समुन्द्रि सतहदेखि चार हजार ५० मिटर उचाईमा पञ्चकुण्ड ताल छ ।

आधार शिविरको डाडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार छ सय ८४ बर्ग मिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता भएको मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...