
बेनी, । बेनीमा साविक धवलागिरी अञ्चल विद्यालय स्तरीय छात्र÷छात्रा तथा मिक्स डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला खेलकुद विकास समितिले प्रदेश खेलकुद परिषद् र जिल्ला ब्याडमिन्टन संघ म्याग्दीको सहयोगमा असार ११ र १२ गते प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगिता अन्र्तगत १५ टिम सहभागी छात्रा सिंगलमा न्यु वेष्ट पोइन्ट आवासीय माविका ब्रिटिना सुवेदी बिजेता भएकी छिन् । प्रकाश माविका एलिना शर्मा उपबिजेता, बेनी सामुदायिकका जेनिशा रोका र जनप्रिय मावि दरवाङका सदिक्षा घर्ती तेस्रो भएका छन् ।

छात्रतर्फ प्रकाश माविका रेहान श्रेष्ठ बिजेता, विकल्प श्रेष्ठ उपबिजेता, ताकम माविका कुशल मल्ल तेस्रो भएका छन् । डिक्स डबलमा प्रकाश माविका रेहान र एलीना बिजेता, वेष्ट पोइन्टका ब्रिटिना र बिकल्प श्रेष्ठ उपबिजेता र बेनी सामुदायिकका विकास र जेनिसा तथा बागलुङका जसन केसी र जेसिसा शाक्य तृतीय भएका छन् ।
बिजेता, उपबिजेता र तृतीयले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश नगद रु. १५ हजार, १० हजार र पाँच÷पाँच हजार प्राप्त गरेका छन् ।

