कर शिक्षा कार्यक्रम सम्पन्न, व्यवसायीलाई कर सम्बन्धी नवीन व्यवस्था बारे जानकारी

Gandaki Ghumau

बागलुङ, — धौलागिरी अधिकृत विक्रेता संघ बागलुङको आयोजनामा बागलुङमा कर शिक्षा कार्यक्रम सम्पन्न भएको छ। व्यवसायीलाई आर्थिक वर्ष २०८३ र ०८४ को कर सम्बन्धी कानुनी व्यवस्था, चालु आर्थिक वर्षको बजेट तथा कर प्रशासनसँग सम्बन्धित विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

संघका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा ग्लोबल टचका अध्यक्ष तथा एफसीए डा। सुनिल देवकोटा, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष नरेश कँडेल र नेपाल वितरक महासंघ गण्डकी प्रदेशका अध्यक्ष बद्री ढुंगाना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

त्यसैगरी ग्लोबल टचका सञ्चालक तथा एफसीए मनोज काफ्ले, ग्लोबल टचका विभागीय प्रमुख हेमराज गौतम, आन्तरिक राजस्व कार्यालय बागलुङका अधिकृतद्वय राजनमणि शर्मा र राजन सापकोटा, तथा कर सहयोगी हेमलाल पौड्याल अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

Shreekrishna

कार्यक्रममा संघका हेमन्त बनियाँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नारायण ढंगानाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। बद्री ढुंगाना र नरेश कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै कर सम्बन्धी सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो।

Gunasthariya Shiksya

कार्यक्रममा एफसीए डा। सुनिल देवकोटाले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमा समावेश कर नीतिहरू, करका दर तथा कर प्रशासनमा भएका नवीन व्यवस्थाबारे जानकारी गराउनुभयो। उहाँले मूल्य अभिवृद्धि कर, आयकर, खरिद–बिक्री सम्बन्धी अभिलेख व्यवस्थापन तथा व्यवसायीले पालना गर्नुपर्ने कर दायित्वका विषयमा विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो।

छलफलका क्रममा सहभागी व्यवसायीहरूले उठाएका जिज्ञासा र समस्याको जवाफ दिँदै डा। देवकोटाले व्यवसायी र कर प्रशासनबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

प्रमुख अतिथि तथा आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवालले कर सम्बन्धी विभिन्न समस्या, व्यवसायीका गुनासा तथा व्यवहारिक कठिनाइहरूको समाधानका लागि राजस्व प्रशासन सदैव सकारात्मक रहेको बताउनुभयो। उहाँले करदातामैत्री सेवा प्रवाहलाई प्राथमिकता दिइएको उल्लेख गर्दै समयमै कर विवरण तथा राजस्व बुझाउन व्यवसायीलाई आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी व्यवसायीहरूले कर प्रणाली, करका नयाँ व्यवस्था, खरिद–बिक्री अभिलेख तथा कर प्रशासनसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा राखेका थिए। अन्तरक्रियात्मक रूपमा सञ्चालन भएको कार्यक्रममा कर सचेतना अभिवृद्धि तथा व्यवसायीलाई कानुनी व्यवस्थाबारे जानकारी गराउन सहयोग पुगेको आयोजकले जनाएको छ।

कार्यक्रमको समापन संघका वरिष्ठ उपाध्यक्ष प्रकाश गौतमले गर्नुभएको थियो। उहाँले कार्यक्रममा सहभागी अतिथि, प्रशिक्षक तथा व्यवसायीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि व्यवसायीको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...