राहुघाट जलविद्युत् आयोजनाले लियो अन्तिम फड्को

Gandaki Ghumau

राहुघाट जलविद्युत् आयोजना अब विद्युत् उत्पादनको संघारमा पुगेको छ।

बेनी, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाका भौतिक संरचनाहरुको परिक्षण थालिएको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा न. ५ झिँ को फेदीमा बाँध, छ किलोमिटर दुई सय ७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरीको परिक्षण थालिएको हो । रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्डरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भरिने जानकारी दिनुभयो ।

Shreekrishna

“निर्माण सकिएका बाँध र सुरुङका भौतिक संरचनाको परिक्षण गर्न थालिएको हो,” उहाँले भन्नुभयो “भौतिक संरचना र विद्युतगृहका उपकरणहरुको परिक्षण पछि आयोजना विद्युत उत्पादनको चरणमा प्रवेश गर्छ ।”

आयोजनाको ड्याम झिँ भन्दा तलमाथी खोलाको बहाव तथा पानीको सतहमा परिवर्तन हुन सक्ने भएकोले सो अवधिमा यस नदि किनार तथा कार्य क्षेत्र आसपास अनावश्यक रुपमा आवत जावत नगर्नुहुन तथा बालबालिका एवम् पशुचौपायालाई विशेष निगरानी तथा सावधानी अपनाउनु हुन प्रबन्ध सञ्चालक केसीले अनुरोध गर्नुभएको छ ।
तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम सकेर रंगरोगन गर्न थालिएको छ । २० मेगावाटको एक वटा युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुुगेको छ । आयोजनाबाट उत्पादीत विद्युतलाई केन्द्रिय प्रशारण लाइनमा जोड्नका लागि विद्युतगृह परिसरमा निर्माण भएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको छ ।

Gunasthariya Shiksya

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०१७ नोभेम्बर १७ (२०७४ मंसिर ६ गते) रु. छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो, सन २०२२ फेब्रुअरीमा दोस्रो र २०२५ नोबेम्बर सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो ।

चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्य अनुुसार काम भैरहेको प्रबन्ध सञ्चालक केसीले बताउनुभयो । कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाई भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताउनुभयो ।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपीसी) प्रारुपमा राहुघाट जलबिद्युत आयोजना सञ्चालन गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आईभिआरसिएल सँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनौट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

यस आयोजनाले वार्षिक रु. चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रशारण लाइन पनि बनिसकेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...