अमर बानियाको ‘सुन्दर म्याग्दी’ पुस्तक सार्वजनिक

Gandaki Ghumau

काठमाडौ ः बरिष्ठ फोटोग्राफर अमर बानियाले म्याग्दीको इतिहास, प्रकृति, संस्कृति र जीवनशैली समेटेर ‘सुन्दर म्याग्दी’ प्रकाशन गर्नुभएको छ ।

सदरमुकाम बेनी बजारमा बसेर विगत चार दशकदेखि फोटोग्राफी गर्दै आएका पुर्व पत्रकार समेत रहेका बानियाँको पुस्तकलाई म्याग्दी चियाउने आँखीझ्यालका रुपमा लिइएको छ । ‘धौलागिरी पर्यटन विकास परिषद र बेनी समाज काठमाडौं’ले बुधबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।

Gunasthariya Shiksya

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्य, पूर्व मुख्य सचिव तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत लोकदर्शन रेग्मी, पर्यटन विद् प्रा.डा. प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा, सङ्घका केन्द्रीय सदस्य सुबिन श्रेष्ठ लगायतले संयुक्त रुपमा पुस्तक लोकार्पण गर्नुभयो ।

Shreekrishna

रङ्गीन पुस्तकमा नेपाली र अङ्ग्रेजी भाषामा जानकारी दिइएको प्रकाशक तथा लेखक बानियाले बताउनुभयो । “म्याग्दीको विषयमा जान्न चाहने अध्येता, पर्यटक र म्याग्देलीलाई यो पुस्तक उपयोगी छ,” उहाँले भन्नुभयो “म्याग्दीका गन्तव्यहरू, पदमार्गहरू, सांस्कृतिक सम्पदाहरू, चाडपर्व, होमस्टे, जैविक विधिताको चित्रण गरिएको छ ।”

धौलागिरि पर्यटन विकास परिषदले प्रकाशन गरेको पुस्तकको मूल्य रु. एक हजार कायम गरिएको छ । पुस्तक लोकार्पण गर्ने अतिथिहरूसहित म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, बानियाँ समाजका अध्यक्ष नरबहादुर बानियाँ, बेनी समाजका पूर्व अध्यक्ष याम श्रेष्ठ, पर्यटन पत्रकार अमृत भादगाउँलेले ‘सुन्दर म्याग्दी’ पुस्तक सबैका लागि सुन्दर उपहार भएको टिप्पणी गर्नुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...