
म्याग्दी, — म्याग्दीको बेनी नगरपालिका–९ तुसारपानी निवासी ५७ वर्षीय बिलबहादुर थापाको उपचारका लागि आर्थिक सहयोग जुटाउन अभियान सञ्चालन गरिएको छ।
बेनी नगरपालिका–९ वडा कार्यालयले जारी गरेको सिफारिस पत्रअनुसार थापाको एउटा मिर्गौला पूर्ण रूपमा खराब भएको र अर्को मिर्गौलाले पनि आंशिक रूपमा मात्र काम गरिरहेको छ। गण्डकी अस्पताल, पोखरामा उपचाररत थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र उपचारका लागि ठूलो आर्थिक भार आवश्यक परेको जनाइएको छ।
वडा कार्यालयका अनुसार कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च व्यवस्थापन गर्न परिवारलाई कठिनाइ भएको छ। यसै कारण बिरामीको जीवनरक्षा र उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले परिवार तथा स्थानीयवासीले सहयोग अभियान सञ्चालन गरेका हुन्।


अभियानका संयोजकहरूले बिलबहादुर थापाको उपचारका लागि सक्दो आर्थिक सहयोग गर्न सम्पूर्ण दातृमनहरूमा आग्रह गरेका छन्। “तपाईंको सानो सहयोगले बिलबहादुर थापाको जीवन बचाउन सक्छ” भन्ने सन्देशसहित सहयोग सङ्कलन अभियान अघि बढाइएको छ।
सहयोग गर्न इच्छुक व्यक्तिहरूले थप जानकारीका लागि ९८५७६७६७८१ र ९८७०७६३८६० नम्बरमा सम्पर्क गर्न सक्ने जनाइएको छ। साथै, कुमारी बैंक मा रहेको सपना थापाको नामको खाता नम्बर ०४६०३६५२७०५०००१ मा रकम जम्मा गरेर पनि सहयोग गर्न सकिने अभियान पक्षले जनाएको छ।
स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूले मानवीय संवेदनालाई आत्मसात गर्दै बिरामीको उपचारका लागि सहयोग गर्न सबैमा अपिल गरेका छन्।

