
म्याग्दी, गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा काठमाडौको नख्खु कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले मंगलबार म्याग्दीमा पक्राउ गरेको छ ।

गत भदौ मा नख्खु कारागारबाट भागेका सप्तरीको खड्क नगरपालिका–१० का ५४ वर्षीय विश्वनाथ भगतलाई म्याग्दीको मालिका गाउँपालिका–७ भारवाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक सागर तिमिल्सीनाका अनुसार भगतलाई अदालतले लागु औषध मुद्दामा दुई वर्ष एक महिना कैद सजाय तोकेको थियो । पक्राउ परेका भगतलाई बेनी ल्याएर प्रक्रीया पुरा गरी बाँकी सजाय भुक्तानका लागि कारागार चलान गरिने उहाँले बताउनुभयो ।

