
बेनी, ‘जेन–जी’ आन्दोलनको क्रममा कास्की कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले नौ महिनापछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरबाट पक्राउ गरेको छ ।
जवरजस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतबाट दोषी ठहर भएका पोखरा महानगरपालिका–९ का ५४ वर्षीय लक्ष्मण मगराती भनिने कृष्णबहादुर सार्कीलाई पक्राउ गरि शनिबार कारागार कार्यालय बेनी चलान गरिएको हो ।

शुक्रबार राती ९ बजे गलेश्वरमा शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा फक्राउ परेका सार्कीलाई एक रात हिरासतमा राखेर प्रक्रीया पुरा गरि बाँकी कैद भुक्तान गराउन कारागार चलान गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सीनाले जानकारी दिनुभयो ।
“कास्की जिल्ला अदालतले सात वर्ष कैद फैसला सुनाएका सार्की पोखरा स्थित कारागारमा सह–नाइकेको जिम्मेवारीमा रहेको खुलेको छ,” उहाँले भन्नुभयो “छानविनका क्रममा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेको पुष्टि भएपछि बाँकी कैद भुक्तान गर्न कारागार चलान गरिएको हो ।”

