राम गगनको नयाँ प्रस्तुति ‘यानि माया’ (भिडियो सहित)

Gandaki Ghumau

बेनी, नेपाली लोकसंगीतको मौलिक स्वाद बोकेको गीत यानि माया सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक चर्चा बटुल्न थालेको छ। आधुनिक संगीतको प्रभाव बढ्दो क्रममा रहे पनि नेपाली समाज, संस्कृति र लोकजीवनको सुगन्ध बोकेका सिर्जनाको महत्व कहिल्यै कम नहुने सन्देश गीतले दिएको छ।

म्याग्दीका सर्जक राम गगन ले नयाँ पुस्तालाई लोकभाकासँग जोड्ने तथा पुराना पुस्ताका सम्झनालाई ताजा बनाउने उद्देश्यका साथ ‘यानि माया’ तयार गरेका हुन्। गीतमा लोकप्रिय लोकगायक तथा अभिनेता प्रकाश सपुत, चर्चित गायिका शान्तिश्री परियार र स्वयं राम गगनको स्वर रहेको छ। विशेषतः भिडियोमा प्रकाश सपुतको अभिनयले थप आकर्षण थपेको छ। समाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा आफ्नो कला प्रस्तुत गर्दै आएकी पर्वतको मोदीकी शिक्षिका लक्ष्मी पुनले यो गितमा सपुतसँग अभिनय गर्नुभएको छ ।

गीतको शब्द तथा संगीत राम गगनकै रहेको छ भने संगीत संयोजन एचबीएन किस्मत ले गरेका छन्। निर्देशक सुनिल बि।के। ले भिडियोमार्फत नेपाली गाउँघरको परिवेश, लोकसंस्कृति र मौलिक जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्। भिडियोमा लक्ष्मी पुन मगर को अभिनयले पनि विशेष छाप छोडेको छ।

Shreekrishna
Gunasthariya Shiksya

सर्जक राम गगनका अनुसार ‘यानि माया’ केवल मनोरञ्जनका लागि मात्र नभई नेपाली लोकसंस्कृति र लोकभाकाको संरक्षण गर्ने प्रयास पनि हो। उनले गीत निर्माणमा साथ दिने सम्पूर्ण कलाकार, प्राविधिक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै दर्शक–श्रोताको माया, सुझाव र आशीर्वादलाई आफ्नो सिर्जनात्मक यात्राको सबैभन्दा ठूलो शक्ति बताएका छन्।

गाउँघरको परिवेश, मिठो लोकलय र सशक्त प्रस्तुतीकरणका कारण ‘यानि माया’ ले छोटो समयमै दर्शकको ध्यान तान्न सफल भएको छ। लोकभाकाको आत्मा बोकेको यो गीतले नेपाली संगीतप्रेमीको मन जित्ने विश्वास गरिएको छ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...