
बेनी, । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवक्ता बिष्णु प्रसाद भट्टका अनुसार भन्सार छली गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति सशस्त्र प्रहरी बलले ती गाडीहरू नियन्त्रणमा लिएको हो ।
गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत र नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो । यसैगरी नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत दुई वटा गाडी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका गाडीहरू आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइने छ ।

