नारच्याङमा ७६ औ अन्नपूर्ण आरोहण दिवस मनाइयो

Gandaki Ghumau

नारच्याङ ः आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार बिबिध कार्यक्रमका साथ ७६ औ आरोहण दिवस मनाउन मनाइएको छ ।

चार हजार एक सय ९० मिटर उचाईमा रहेको अन्नपूर्ण आधार शिविर देखि नारच्याङ सम्म खुल्ला दौड प्रतियोगिता, पदयात्रा, आरोही र आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको विकास तथा प्रर्वद्धनमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान, सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाइएको हो ।

सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । पर्यटन विभागको अभिलेख अनुसार आरोहणका हिसाबले जोखिमयुक्त मानिने अन्नपूर्णमा ७६ वर्षको अवधीमा पाँच सय ७२ जनाले आरोहण गरेका छन् ।

Shreekrishna

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा अन्नपूर्ण आरोहण दिवस मनाउन मनाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

Gunasthariya Shiksya

दिवसको अवसरमा आयोजित रु. एक लाख २५ हजार पुरस्कार राशीको ३१ दशमलब छ किलोमिटर दुरीको दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिमा पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बु र महिला तर्फ डोल्पाकी सुनसरी रोका बिजयी भएका छन् ।

एथलेटिक्स संघ गण्डकी र नेपाल भुतपुर्व खेलाडी मञ्चको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा नौ जना महिला र १२ जना पुरुषले सहभागिता अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

तीन पटकसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका छाङ्वा शेर्पा र महिला आरोही माया शेर्पालाई सम्मान गरिएको छ । मौरिस हर्जोग पदमार्गको पहिचान गरेका तेजबहादुर गुरुङ, उद्धारकर्मी इन्द्रसिंह शेरचन, नक्सा तयार पार्नुभएका चित्रबहादुर तिलिजा, प्रचारप्रसारमा योगदान गर्ने नेपाल पत्रकार महासंघ र सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)लाई सम्मान गरिएको छ ।

नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि.स. २०७७ मा नक्साङ्कन र ‘मौरिस हेर्जोग’ नामाकरण गरेको थियो । दिवसको अवसरमा नारच्याङको मौलिक पुरख्यौली र स्थानीय कलाकारहरुबाट नृत्य प्रस्तुत गरिएको वडा सदस्य श्याम पुर्जाले बताउनुभयो ।

सुवास विश्वकर्माले सञ्चालन, वडा सदस्य पुर्जाले स्वागत र कार्यक्रम ब्यवस्थापक टक बहादुर पुनले समापन गर्नुभएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, पर्वतारोही माया शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव राजाराम बरुवाल, नेकपा एमालेका जिल्ला उपसचिव खड्ग गिरि, मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङ, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...