पाँचथरका रमेश र डोल्पाकी सुनसरीलाई अन्नपूर्ण हर्जोग दौडको उपाधी

Gandaki Ghumau

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार सम्पन्न दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगितामा पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बु र महिला तर्फ डोल्पाकी सुनसरी रोका बिजयी भएका छन् ।

७६ औ अन्नपूूर्ण आरोहण दिवसको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ नम्बर वडा कार्यालयले आयोजना गरेको चार हजार एक सय ९० मिटर उचाईमा रहेको अन्नपूूर्ण आधार शिविर देखि नारच्याङ ३१ दशमलब छ किलोमिटर दुरीमा दौड प्रतियोगिता भएको थियो ।

उपाधि विजेता लिम्बुले दुई घण्टा चार मिनेट र रोकाले दुई घण्टा ४७ मिनेट १६ सकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेको प्रतियोगिताको प्राबिधिक सहयोग गरेको एथलेटिक्स संघ गण्डकीका महासचिव मनबहादुर थापाले जानकारी दिनुभयो ।

Shreekrishna

उहाँका अनुसार पुरुष तर्फ मनकुमार रोका काठमाण्डौंले दुई घण्टा १६ मिनेट ११ सकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गर्नुभएको छ ।

Gunasthariya Shiksya

यसैगरी महिला तर्फ पुस्पा शेरमा पाचथरले दुई दुई घण्टा ५२ मिनेट सात सकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई खोटाङले २ घण्टा ५३ मिनेट ३० सकेन्डमा उक्त दूरी पार गरेर तेस्रो हुनुभएको छ ।

यसैगरी प्रतियोगितामा पुरुष तर्फ लोकन्द्र राई सोलुखुम्बु, होमलाल श्रेष्ठ रामेछाप, सनम गुरुङ तनहुँ र महिला तर्फ सन्देभा बुढा जुम्ला, आशमा विक रोल्पा,भिमु बुढा जुम्लाले सन्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु. एकलाख २५ हजार, दोस्रोलाई रु. ७५ हजार, तेस्रोलाई रु. ४३ हजार सात सय ५० नगद सहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु. १२ हजार पाँच सयका दरले नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा पुन तिलिजा, प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्य र वडाध्यक्ष लोकबहादुर फगामीले नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

बुधबार विहान ६ः४५ मिनेटमा आधार शिविर देखि सुरु भएको दौड पञ्चकुण्ड ताल, भुस्केटमेला, गुफाफाँट, साँधीखर्क, फुतफुते झरना, हुमखोला, छोटेपा हुँदै नारच्याङ गाउँ आएर समापन भएको थियो ।
पुरुषतर्फ १२ जना र महिलातर्फ नौ जना धावकहरुको सहभागिता जनाएका अन्नपूूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले बताउनुभयो । उहाँका अनुसार नारच्याङको बेँसी गाउँदेखि सुरु हुने मौरिस हर्जोग पदमार्गलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले दोस्रो अन्नपूर्ण हर्जोग दौड प्रतियोगिता आयोजना गरिएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...