अन्नपूर्ण आरोहणको ७६ वर्ष पुरा

Gandaki Ghumau

म्याग्दी, अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको बुधबार ७६ वर्ष पूरा भएको छ ।

म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

Shreekrishna

नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

Gunasthariya Shiksya

कास्कीको अन्नपूर्ण गाउँपालिकाको आयोजनामा घान्द्रुक तर्फको आधार शिविर तर्फ पनि दौड प्रतियोगिता आयोजना भएको छ । नेपाल पर्यटन बोर्डले नयाँ पदमार्गको प्रर्वद्धनका लागि लमजुङको दोर्दी गाउँपालिकामा अन्नपूर्ण आरोहण दिवस आयोजना गरेको छ ।

पर्यटन विभागका अनुसार हालसम्म अघिल्लो वर्षसम्म पाँच सय ३६ जनाले आरोहण गरेको अन्नपूर्ण हिमाल चढ्नका लागि यस वर्षको बसन्त याममा चार वटा समूहका २७ जनाले अनुमति लिएका थिए । अनुमति लिएका मध्य कतिले सफल आरोहण गरे भन्ने विवरण अद्यावधिक भइरहेको विभागका शाखा अधिकृत शर्मीला बञ्जाडेले बताउनुभयो ।

बुधबार आधार शिविर देखि नारच्याङ सम्म ३६ किलोमिटर दुरीमा दौड, सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह गरेर दिवसको समापन गरिने अन्नपूर्ण गाउँपालिका–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

३२ जना सहभागी खुल्ला दौड प्रतियोगितामा बिजेतालाई रु. एक लाख, उपबिजेतालाई रु. ६० हजार, तेस्रोलाई रु. ३५ हजार र शान्तवना स्थान हाँसिल गर्ने तीन÷तीन जनालाई रु. १०÷१० हजार नगद पुरस्कारको ब्यवस्था गरिएको वडा सदस्य श्याम पुर्जाले बताउनुभयो ।

नेपाल भूतपूर्व खेलाडी मञ्च र गण्डकी प्रदेश एथलेटिक्स संघको प्राविधिक सहयोगमा दौड प्रतियोगिता आयोजना गरिएको हो । दौड प्रतियोगिता पश्चात नारच्याङमा सोमबारदेखि शुरु भएको दिवसको समापन, पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...