म्याग्दीले जित्यो दोस्रो पोखराकप बास्केटबलको उपाधी

Gandaki Ghumau

पोखरा, म्याग्दीले दोस्रो पोखरा कप प्रदेश स्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधी जितेको छ ।

गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा पर्वतलाई ७३ का विरुद्ध ८० स्कोर गर्दै म्याग्दी बिजयी भएको हो ।

Gunasthariya Shiksya

बिजेता र उपबिजेताले शिल्ड, मेडल र प्रमाणपत्र सहित नगद रु. ५० हजार र उपबिजेताले रु. ३० हजर नगद पुरस्कार प्राप्त गरेका जिल्ला बास्केटबल संघ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।

Shreekrishna

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ जिल्ला बास्केटबल संघले सहभागिता जनाएका थिए । गण्डकी प्रदेशका शिक्षा, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, संघका अध्यक्ष धोजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...