लक्ष्य अघिनै सकिएका म्याग्दीका ११ वटा योजनाका निर्माण व्यवसायीलाई सम्मान

Gandaki Ghumau

बेनी, ः गणतन्त्र दिवस –२०८३ का अवसरमा म्याग्दीमा विकास आयोजना समयमै सम्पन्न गर्ने ११ वटा निर्माण कम्पनी तथा व्यवसायीलाई शुक्रबार सम्मान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको समन्वयमा पूर्वाधार विकास कार्यालयले सात र खानेपानी, जलस्रोत तथा सिँचाइका लक्ष्य अघिनै सम्पन्न भएका तीन वटा योजनाका सञ्चालकलाई सम्मान गरिएको हो ।

कालीगण्डकी कोरिडोर सडक आयोजनाले चुनौतीपूर्ण भूगोल र संवेदनशील भूगर्भीय अवस्थाबीच समेत सफलतापूर्वक सडक निर्माण सम्पन्न गर्ने तातोपानी–घाँसा खण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीलाई सम्मान गरेको छ ।

Shreekrishna

पूर्वाधार विकास कार्यालयले ओमेन अस्कर निर्माण सेवा (मालिका–५, म्याग्दी), रुप्से बिल्डर्स प्रा.लि. (अन्नपूर्ण–३), सोमरस निर्माण सेवा (बेनी नगरपालिका–२), वीपीएल बीएसडी डिपी जेभी (टोखा–१०, काठमाडौँ), मंगला कन्स्ट्रक्सन प्रा.लि. (मंगला–२), मंगलादेवी सुवास कन्स्ट्रक्सन प्रा.लि. (सुन्दरादेवी–२, नुवाकोट) र एसएस बिल्डर्स (बेनी नगरपालिका–८) लाई सम्मान गरेको हो ।

Gunasthariya Shiksya

यसैगरी खानेपानी, जलस्रोत तथा सिँचाइ विकास कार्यालयले रुप्से बिल्डर्स प्रा.लि. (अन्नपूर्ण–३ दाना), महाशक्तिमाया कन्स्ट्रक्सन प्रा.लि. (बेनी नगरपालिका–६) र धौलाश्री निर्माण सेवा (रघुगंगा–३ पिप्ले)लाई पनि सम्मान गरेको छ ।

जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, पूर्वाधार विकास कार्यालयका प्रमुख डा. महेन्द्र बानिया, खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझा लगायतले दोसल्लो ओडाएर तथा प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

विभिन्न विकास आयोजनाहरू निर्धारित समयभन्दा अगावै सम्पन्न गर्दै व्यावसायिक निष्ठा र अनुकरणीय इमान्दारिता प्रदर्शन गरेका निर्माण कम्पनीलाई गणतन्त्र दिवसको अवसर पारेर सम्मान गरिएको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो ।

सम्मानले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई थप प्रोत्साहन मिल्नुका साथै विकास निर्माण क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गरेको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताउनुभयो । सम्मानित निर्माण ब्यवसायीहरुले इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिको असहज अवस्थाका बावजुद पनि आफुले जिम्मेवारी पुरा गरेको बताएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...