
बेनी, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दी अन्तर्गत रघुगंगा गाउँपालिकाको प्रथम अधिवेशन बिहिबार मौवाफाँटमा सम्पन्न भएको छ ।
अधिवेशनले डम्मरबहादुर पाण्डेको नेतृत्वमा सर्वसम्मत नयाँ पालिका समिति चयन गरेको छ । समितिको उपसभापतिमा प्रकाश पाईजा, सचिवमा दलबहादुर कार्की र सहसचिवमा ईमा कुमारी शाही रकाल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा शान्तबहादुर पाईजा, दिलकुमारी थापा, हस्तबहादुर शेर्पुन्जा, लक्ष्मी खड्का भण्डारी तथा तुलबहादुर विक चयन हुनुभएको छ । अधिवेशनले जिल्ला अधिवेशन प्रतिनिधि तीन जना, प्रदेश अधिवेशन प्रतिनिधि एक जना तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि एक जना समेत चयन गरेको जनाएको छ ।
रास्वपा म्याग्दीका सभापति युवराज रोकाका अनुसार अधिवेशनले संगठनलाई गाउँपालिका तहमा थप सुदृढ र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । उहाँले नवनिर्वाचित पालिका समिति तथा विभिन्न जिम्मेवारी प्राप्त सबै पदाधिकारी र प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।
रघुगंगा गाउँपालिकामा पार्टी संगठन विस्तार, जनसरोकारका मुद्दाको उठान तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धतासहित अधिवेशन सम्पन्न भएको सभापति रोकाले जानकारी दिनुभयो ।

