कृषिमा नमुना हरियाली मोडेल

Gandaki Pardesh notice

सिंगा । बेनी नगरपालिका–४ सिंगामा कम्पनीको अगुवाईमा कृषकहरुको सहभागितामा ब्यवसायिक कृषि फार्म सञ्चालन गरेको हरियाली ग्रुपको दोस्रो साधारणसभा बुधबार सम्पन्न भएको छ ।

साधारणसभामा कम्पनीका अध्यक्ष चिनीमाया श्रेष्ठ र महाप्रबन्धक सेरबहादुर केसीले प्रस्तुत गर्नुभएको प्रगति, आर्थिक र कार्ययोजना पारित भएको छ । गत आर्थिक वर्षमा दुई करोड ५८ लाख रुपैयाँ मूल्य बराबरको ब्रोइलर कुखुरा, अण्डा, ताजा तरकारी, माछा, मौरी, मह, फूल, मल आदी कृषि जन्य बस्तु बिक्री भएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस वर्ष रिङनेट जातका कालिजपालन, स्थानीय जातका कुखुरापालन र बोयर जातका बाख्रापालन ब्यवसाय पनि सुरु गरेको छ । कोरोना भाइरसको महामारीको जोखिम र लकडाउनका कारण लक्ष्य भन्दा ७० लाख रुपैयाँ कम कारोबार भएको महाप्रबन्धक केसीले बताउनुभयो ।

Shreekrishna hardwear in news

बाढी, कटान र चितुवाका कारण पनि कम्पनीमा केही क्षति पुगेको थियो । ६४ जना शेयर सदस्यको चार करोड ८३ लाख रुपैयाँ शेयर पुजि रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले पाँच करोड रुपैयाँ सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ ।

Bhautik ministry notice about road

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठको परिकल्पना अनुसार २०७५ मा सुरु गरिएको हरियाली मोडेल रोल्पा जिल्लामा पनि लागु गर्न सम्झौता भएको छ । लुम्बिनी प्रदेश सरकारले बाँकेमा हरियाली मोडेलको कृषि फार्म सञ्चालनको तयारी गरेको छ ।

नेपालका धेरै जिल्लाबाट कृषक, जनप्रतिनिधि र सरकारी अधिकारीहरु हरियाली मोडेलका बारेमा चासो दिएर अवलोकनका लागि आउन थालेका छन् । फार्मभित्रका खाली जग्गामा फलफुल र पुप्प खेती गरेर उपभोग गर्ने, म्याग्दी, बागलुङ, पर्वत र कास्कीको प्रमुख बजार केन्द्रमा हरियालीको बिक्री केन्द्र स्थापना गर्ने, सिंगामा रिसोर्ट सञ्चालन गर्ने, कृषि उपकरण तथा मल, बिउ आयात गर्ने लगायतका योजना बनाएको छ ।

सिंगामा १७ परिवार कृषकको ८५ रोपनी, आङेबगरमा १९ परिवारको ८५ रोपनी र भकिम्लीमा १०.५ रोपनी जग्गा धनीसँग सम्झौता गरेर कृषि फार्म सञ्चालन गरिएको छ । नेपालमै पहिलो पटक म्याग्दीमा लागि गरिएको हरियाली मोडेल कृषि बिकासको माध्यम बनाउन प्रभावकारी देखिएको राष्ट्रिय योजना आयोगका पुर्ब अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

साधारणसभाको सञ्चालन हरियाली ग्रुपका सञ्चालक मनप्रसाद कडेलले गर्नुभएको थियो । साधारणसभाको अवसरमा गण्डकी प्रदेशका सांसद बिनोद केसीले शेयर सदस्यहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...