बिधिजंग, राजन, मलिन र एलिनालाई म्याग्दी जेसिजको युवा सम्मान

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दी जेसिजले शनिबार जिल्लाका चार जना व्यक्तिहरुलाई युवा सम्मान प्रदान गरेको छ ।

संस्थाको २८ औ स्थापना दिवसको अवसरमा शुरु भएको जेसिज सप्ताहको उद्घाटन समारोहमा व्यक्तिगत, ब्यवसाय, सामुदायिक सेवा र अन्तराष्ट्रिय क्षेत्र बिधाबाट एक÷एक जनालाई सम्मान गरिएको हो ।

म्याग्दी जेसिजका महासचिव गोकुल सुनारले व्यक्तिगत बिधामा भलिबल खेलाडी, प्रशिक्षक र रेफ्रि मलिनकुमार रोका, ब्यवसायमा होटल ब्यवसायी राजन लामा, सामुदायिक बिधामा एलिना पुर्जा पुन र अन्तराष्ट्रिय क्षेत्रबाट ‘कन्टेन त्रियटर’ बिबिधजंग थापालाई सम्मान गरिएको जानकारी दिनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

१८ देखि ४० वर्ष उमेर समुहका समाजमा सकारात्मक प्रभाव पार्ने, नेतृत्वदायी भूमिका निर्वाह गर्ने तथा आफ्नो क्षेत्र मार्फत म्याग्दी जिल्लाको पहिचान स्थापित गर्न योगदान दिएका युवाहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली, हरिबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, प्रहरी नायव उपरीक्षक राजन कार्की, म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्मा लगायतले कदरपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सन १९९८ जेठ ९ गते स्थापना भएको म्याग्दी जेसिजले युवाहरुको क्षमता तथा नेतृत्व विकास, खेलकुद प्रतियोगिता सञ्चालन, संस्कृति संरक्षण, पर्यटन प्रर्वद्धन, विपद् ब्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ ।

म्याग्दी जेसिजले २८ औ स्थापना दिवसको अवसरमा शनिबारदेखि शरु भएको जेसिज सप्ताहको उद्घाटन समारोहमा भलिबल खेलाडी मलिनकुमार रोका, होटल ब्यवसायी राजन लामा, स्वास्थ्यकर्मी एलिना पुर्जा पुन र ‘कन्टेन त्रियटर’ बिबिधजंग थापालाई सम्मान गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...