अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

म्याग्दी, ः चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्ति देखि टुकुचे, मार्फा हुदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने १७ किलोमिटर दुरीको सडक नौ वर्षदेखि अलपत्र बनाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले शुक्रबार सार्वजनिक सूचना मार्फत जानकारी गराएको हो ।

योजना प्रमुख तेजस्वी शर्माले दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम सात पटक म्याद थप गर्दा पनि नसकेको निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एण्ड न्यौपानेसँगको ठेक्का तोडेर अधुरो काम पुरा गर्न नयाँ प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“सातौ पटक थपिएको २०८२ असोज २५ गतेसम्म निर्माण कार्य सम्पन्न हुनुपर्नेमा म्याद सकिएको दुई सय दिन पुग्दा समेत कम्पनीले प्रतिवद्धता र सर्त पालनामा जिम्मेवार नदेखिएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) को आधारमा ठेक्का अन्त्य गरिएको हो,” उहाँले भन्नुभयो “८५ प्रतिशत भौतिक प्रगति भएको कोवाङ–जोमसोम खण्डको बाँकी काम पुरा गर्न नयाँ प्रक्रिया अघि बढाउछौ ।”

वि.स. २०६४ मा मार्ग खुलेको सडक चक्लाउने, पर्खाल, नाली बनाउने र ११ मिटर चौडाईका दरले अक्सफाल्ट प्रबिधीको कालोपत्र र ढलान गर्न वि.स. २०७४ जेठ ९ गते उक्त कम्पनीसँग रु. ७० करोडमा ठेक्का सम्झौता भएको थियो । पर्वतको मालढुङ्गा देखि म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुरीको सडक स्तरोन्नतिका लागि ११ खण्डमा सञ्चालित आयोजना मध्य कोवाङ–जोमसोम खण्ड मात्र अलपत्र बनेको हो ।

आयोजनाका अनुसार उक्त सडक निर्माणका लागि कम्पनीलाई ठेक्का तोड्नुअघि कूल ठेक्का सम्झौता लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत हुनेगरी जरिवाना रकम कायम गरिएको छ । थासाङ गाउँपालिकाको टुकुचेमा चार सय मिटर कालोपत्र र तीन सय मिटर आरसिसी ढलान बाँकी छ ।

साथै सोहीखण्डको मार्फा राजखोलाको पक्की पुलबाट माथिल्लो क्षेत्रमा करिब एक हजार दुई सय मिटर कालोपत्र गर्न बाँकी रहेको छ । जोमसोमका पुथाङ विमानस्थल माथिबाट नेपाली सेनाको ब्यारेकसम्म करिब पाँच सय मिटर सडकमा ‘स्टक्चर’ र कालोपत्र गर्न बाँकी रहेको छ । अन्य ठाउँमा कालोपत्र र ढलान भइसकेको छ । कोबाङ–जोमसोम सडक कालोपत्र नहुँदा पर्यटक, स्थानीयका साथै सवारीसाधन र पैदलयात्रीलाई सास्ती हुँदै आएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...