दग्नाममा पहिरो, घट्टेखोला, घराप र मंगलाघाटमा नदी नियन्त्रण योजना सञ्चालन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः सिचाई तथा जलस्रोत ब्यवस्थापन आयोजना कार्यालय पोखरा मार्फत म्याग्दी, मुस्ताङ र पर्वतमा चालु आर्थिक वर्ष २०८२÷०८३ मा करिब रु. १२ करोड लागतमा १७ वटा आयोजना कार्यान्वयन भएका छन् ।

पर्वतमा तीन, म्याग्दीमा चार र मुस्ताङमा १० वटा योजना निर्माणका लागि विभिन्न कम्पनीहरुसँग रु. ११ करोड ९३ लाख ७३ हजार सात सय ४३ मा ठेक्का सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ ।

२०८२ माघ, फागुन र चैत महिनामा ठेक्का सम्झौता भएका १७ वटै योजनाहरु चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का सम्झौता भएका आयोजनाका ईञ्जिनियर नरजङ गुरुङले जानकारी दिनुभयो ।

Shreekrishna

“ठेक्का सम्झौता गरेका सबै योजनाका निर्माण ब्यवसायी कार्यक्षेत्रमा परिचालित भएका छन,” उहाँले भन्नुभयो “आगामी असार १९ गतेसम्म ठेक्काको म्याद भएका सबै योजना निर्माण कार्य धमाधम भइरहेको छ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको पहिरो नियन्त्रण योजनाका लागि रु. दुई करोड २५ लाख ६९ हजार नौ सय २९मा र बेनी नगरपालिका–७ मंगलाघाट बस्ति संरक्षण योजनाका लागि रु. ९९ लाख १९ हजार दुई सय ९५ मा ठेक्का सम्झौता भएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोला संरक्षण योजनाको रु. ८७ लाख ४४ हजार नौ सय ८२ र अन्नपूर्ण–४ घराप बस्ति संरक्षण योजनाको रु. एक करोड नौ लाख १६ हजार सात सय ६० मा ठेक्का सम्झौता भएको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र –४ कागबेनीको बस्ति संरक्षण योजनाको रु. एक करोड ९१ लख ४३ हजार छ सय ९९, थासाङ गाउँपालिका–२ लार्जुङखोला संरक्षणका लागि रु. ७८ लाख ४४ हजार नौ सय ८२, लुप्रा गाउँ संरक्षण योजनाको रु. २६ लाख ८२ हजार ४५ र तिरिगाउँ स्याउ बगैचा संरक्षण योजनाको रु. २५ लाख ९७ हजार एक सय तीनमा ठेक्का सम्झौता भएको योजना कार्यालयले जनाएको छ । कार्यालय मार्फत मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा, वारागुङ मुक्तिक्षेत्रको फल्याक, झोङ, ढाकारजुङ, झोङ–फल्याक, छुसाङ र झारकोट सिचाई योजना कार्यान्वयन भएका छन् ।

पर्वतको फलेवास नगरपालिका–३ लमायखोलामा बहुउद्देश्यीय तलाउन निर्माण गर्न रु. ३२ लाख ३५ हजार नौ सय ३९, कुश्मा नगरपालिका–१० को उपल्लो बिर्ता माझीको खोला सिचाई योजना रु. १५ लाख ५२ हजार पाँच सय ७५ र जलजला गाउँपालिका–७ मिलनचोकमा लुङ्दीखोला संरक्षण योजनाको रु. ९१ लाख ७८ हजार नौ सय २० मा ठेक्का सम्झौता भएको छ ।

म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभाका पुर्व सांसद खमबहादुर गर्बुजा (खम्बिर) उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री भएको समयमा बजेट बिनियोजन भएको योजनाहरु कार्यान्वन्मा आएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...