मालिकालाई पूर्ण खोप घोषणा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको मालिका गाउँपालिकालाई १६ महिनादेखि पाँच वर्षमुनीका बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवा निरन्तरता दिने प्रतिवद्धता सहित मंगलबार एक समारोहका बीच पूर्ण खोप सुनिश्चतता तथा दिगोपना स्थानीय तह घोषणा भएको हो ।

मालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तु कार्कीले सात वटै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिना मुनीका दुई सय ४३, १६ देखि २३ महिनाका एक सय ६९ र २४ देखि ५९ महिनाका सबै छ सय ९७ जन बालबालिकाले १५ महिनाभित्र पाउनुपर्ने सबै पूर्ण खोप पाएका छन् ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

१६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले बीसीजी, रोटा, पोलियो, एफआईपीभी, पीसीभी, डीपीटी, हेप–बी, दादुरा–रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप समय तालिकाभित्र प्राप्त गरेपछि पूर्ण खोप पाएको मानिन्छ ।

नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्यक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएको हो ।

स्थानीय सरकार संचालन ऐन, ०७४ को परिच्छेद ३ मा गाउँपालिका÷नगरपालिकाको काम, कर्तब्य र अधिकार तथा वडा समितिको काम, कर्तब्य र अधिकार भित्र आधारभूत स्वास्थ्य सेवा अन्र्तगत खोप सेवा संञ्चालनको ब्यवस्था गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक राजेश थापाले गर्नुभएको थियो भने उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल सहित जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुको उपस्थिति थियो । खोप अभियानमा योगदान गर्ने स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सम्मान गरिएको थियो । स्वास्थ्यकर्मीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...