भकिम्लीमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा आइतबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सम्पन्न भएको छ ।

बेनी नगरपालिका–३ र पशु सेवा शाखाको आयोजनामा शिविर सम्पन्न भएको हो । ग्रामिण क्षेत्रका कृषकहरुलाई वडा तहमै पशु उपचार र परामर्श तथा निशूल्क औषधी वितरण सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बेनपा ३ का वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

शिविरमा ७७ जना किसानहरुले सेवा पाएका छन् । किसानहरुलाई पशुमा बाँझोपन हुने कारण र यो समस्या आउन नदिन अपनाउनुपर्ने सावधानीका विषयमा पनि जानकारी गराइएको थियो ।

Shreekrishna

बेनी नगरपालिकाका पशु चिकित्सक सुदिप पौडेल सहितको प्राविधिक टोलीहरुले शिविरमा आएका किसानहरुले आफ्ना पशुमा देखिएको समस्याका लक्षण बताएका आधारमा परामर्श र औषधी वितरण गर्नुभएको थियो ।

यसैगरी केही किसानका गोठमै पुगेर पनि पशु उपचार सम्बन्धी सेवा दिएको बेनी नगरपालिकाको पशु सेवा शाखाका सहायक पशु चिकित्सक प्रदिप गौतमले बताउनुभयो । पशु चिकित्सक पौडेल, सहायक पशु चिकित्सक गौतम, पशु सेवा प्राविधिक सुर्यलाल नेपाली, नायव पशु सेवा प्राविधिक हरिकृष्ण पौडेल र मोहित मल्लिकले पनि सेवा दिनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...