म्याग्दीका सुविन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीका सुविन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ ।

निजी क्षेत्रको छाता संगठन महासंघको मंगलबार काठमाडौमा सम्पन्न महाधिवेशनबाट भुगोलतर्फको केन्द्रिय सदस्यमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ निर्वाचित हुनुभएको हो । गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा श्रेष्ठ बिजय हुनुभएको म्याग्दी उद्योग वाणिज्य संघका कोषाध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

महाधिबेशनमा गण्डकी प्रदेशका अध्यक्षहरुले मतदान गर्ने भुगोलतर्फ श्रेष्ठले ९ मत प्राप्त गरी विजय हुनुभएको छ । गण्डकी प्रदेशका एघार जिल्लाका अध्यक्ष सहित भुगोलबाट १८ जनाले मतदान गरेको महासचिव नारायण जिसीले जानकारी दिनुभयो ।

Shreekrishna

निकै प्रतिस्पर्धा देखिएको निर्वाचनमा म्याग्दीलाई मायाँ गरी भोट हाल्नेलाई जिसीले धन्यवाद समेत दिनुभएको छ । नवनिर्वाचित केन्द्रिय सदस्य श्रेष्ठले आफ्नो कार्यकालमा समग्र जिल्लाका उद्योगी,व्यापारीहरुको हकहितमा विभिन्न रचनात्मक कार्यहरु गर्ने प्रतिवद्धता जनाउनुभयो ।

जिल्लामा कृषि, पर्यटन, जलविद्यूत, जडिबुटी लगाएतका क्षेत्रमा लगानी भित्राउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताउनुभयो । म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने, अलपत्र पूर्वाधारहरुलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीहरुलाई चलायमान गराउने खालका कार्यक्रममा महासंघमा निरन्तर सक्रिय हुने श्रेष्ठले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...