जन्मथलोको दुःखमा मल्मह लगाउदै प्रवासी भकिम्लीबासी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः रोजगारी, पेशा, ब्यवसाय र अध्ययनको शिलशिलामा विदेशिएका म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका प्रवासीहरुले जन्मथलोका विपन्न बिरामीहरुको उपचारका लागि पछिल्लो एक वर्षयता रु. २६ लाख ५० हजार सहयोग गरेका छन् ।

आर्थिक अभावका कारण समस्यामा परेकाहरुको उपचारका लागि प्रवासमा रहेका भकिम्लीबासीहरुले चन्दा अभियान सञ्चालन गरेर सहयोग गरेका हुन् । पछिल्लो एक वर्षयता कलेजो सम्बन्धी समस्याका कारण थलिएका भकिम्लीका भिमबहादुर श्रीसलाई रु. १३ लाख, क्यान्सरबाट थलिएकी डाडाखानीका हरिकला छन्त्याललाई रु. सात लाख ५० हजार र बाघखोरकी ८ वर्षीया सारा विश्वकर्माको खुट्टाको उपचारका लागि रु. छ लाख सहयोग गरिएको अभियानको संयोजन गरेका प्रकाश केसीले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गाउँठाउँमा दुःख र अप्ठ्यारोमा परेकाहरुको सहयोगका लागि बाल्यकालका साथीहरुले सामाजिक सञ्जालमा समूह बनाएर सहयोग जुटाएर गाउँमा पठाउने गरेका वडा अध्यक्ष पदम पुनले बताउनुभयो । जनप्रतिनिधीहरुको रोहबरमा विदेशमा संकलन गरेको रकम सम्बन्धीत बिरामी अथवा आफन्तलाई उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।

Shreekrishna

प्रकाश केसी (मलेसिया), तारामिलन छन्त्याल र याम पुन (अमेरिका), लोक राना (बेल्जियम), दिपक पुन (अस्ट्रेलीया) र महेन्द्र बोहोरा (फ्रान्स)ले सहयोग संकलन अभियानमा भकिम्लीबाट विदेशीएकाहरुलाई संयोजन गर्दै आउनुभएको छ । प्रवासी भकिम्लीबासीहरुले यसअघि सडक निर्माण र जयन्ति माविको भवन निर्माणमा पनि करोडौ सहयोग गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...