कालञ्जरमा महायज्ञ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । पर्वतको सबैभन्दा उच्च स्थानमा रहेको हम्पालमा कालञ्जर महायज्ञ शुरु भएको छ ।
धार्मिक क्षेत्रमा कालञ्जरको नामले चिनिएको हम्पाल जलजला–६ र मोदी गाउँपालिका वडा ४ को भूगोलमा पर्छ । धार्मिक, सांस्कृतिक र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले स्वामी कमलनयनाचार्य मुक्तिनाथ बाबाको अगुवाइमा महायज्ञ सुरु गरिएको हो ।

मङ्गलबारदेखि सुरु भएको महायज्ञ ३० गतेसम्म चल्ने छ । महायज्ञको प्रमुख वाचकको रूपमा स्वामी कमलनयनाचार्यका अनुयायी पण्डित सुदर्शन प्रपन्नाचार्य रहनुभएको छ । कालाञ्जर क्षेत्र धार्मिक धरोहर तथा पवित्र पितृतीर्थ पनि भएकाले यसलाई साधना भूमिका रूपमा विकास गर्ने, प्रचार–प्रसार गर्ने, सामाजिक र आध्यात्मिक चेतना जगाउने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले एक सय ८ श्रीमद भागवत कालाञ्जर महायज्ञ सुरु गरिएको महायज्ञका मूलवाचक पण्डित सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीमा जिल्लाका पत्रकारहरुसँगको भेटघाटका क्रममा उहाँले कालञ्जर क्षेत्र धार्मिक हिसाबले पुण्यभूमि भएको बताउनुभयो । महायज्ञमा कथा वाचन, एक सय ८ श्रीमद्भागवत पाठपारायण, विभिन्न धार्मिक अनुष्ठान, भजनकीर्तन, यज्ञ हवन, गुरुजन, सन्त, अतिथीको सेवा र सम्मान, रुद्रभिषेक, पूजाअर्चना कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

Shreekrishna

स्वामी कमलनयनाचार्यको सक्रियतामा समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको कालञ्जरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन विभिन्न योजना सञ्चालनमा छन् । पञ्चकोटका परिकल्पनाकार समेत रहनुभएका कमलनयनाचार्य अगुवाइमा कालञ्चरमा चार वर्षअघिदेखि महायज्ञ हुँदै आएको छ ।

जलजला गाउँपालिका र मोदी गाउँपालिकाले कालञ्जर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न विभिन्न पूर्वाधारहरु निर्माण गरिरहेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...