बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन्

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी ः म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्यौल सिर्जना भएको छ ।

पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्षेनी बजेट बिनियोजन भएपनि कार्यान्वयन हुन नसकेको हो ।

म्याग्दी हुदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले शान्ति पार्क निर्माणका लागि रु. १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोतको ब्यवस्था भएपनि योजना कार्यान्वयन नहुँदा बजारबासी निराश भएका छन् ।

Shreekrishna

पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०८१÷०८२ मा बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले रु. २०÷२० लाख बजेट बिनियोजन गरेका थिए । यस वर्ष नगरपालिकाले रु. २५ लाख बजेट बिनियोजन गरेको योजना स्थानको टुङ्गो नलाग्दा हालसम्म कार्यान्वयन हुन नसकेको बेनी नगरकार्यपालिकाको प्रवत्ता समेत रहेका वडा नं. –७ का वडा अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“नगरपालिकाले बिरेन्द्रचोक स्थित रेडक्रस, वन डिभिजनको नर्सरी, आवास भन्दा पछाडीको १० रोपनी जग्गामा पार्क बनाउन प्रस्ताव गरेको थियो,” उहाँले भन्नुभयो “बराहपाखो सामुदायिक वनमा पर्ने उक्त क्षेत्रमा पार्क बनाउने कार्ययोजनामा समेटेर योजना कार्यान्वयनको पहल भएपनि वन क्षेत्रमा काम गर्न जोखिम लिन नचाहेकाले समस्या भएको हो ।”

हाल प्रस्तावित ठाउँमा पार्क बनाउन नमिल्ने अवस्था भएमा महारानी थान स्थित बराहपाखोको सार्वजनिक जग्गामा निर्माण भएका पूर्वाधारलाई ब्यवस्थित गरेर पार्क सञ्चालन गर्नुपर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । महारानी थानमा पार्कका लागि पोखरी, चौतारी निर्माण, जग्गा ब्यवस्थापन लगायतका काम सकिएको छ ।

बालबच्चा, जेष्ठ नागरिकहरुलाई टहलिन तथा घुम्न आउने पाहुनाहरुलाई भुलाउने उद्देश्यले वि.स. २०६० चैत ७ गते बेनी भिडन्तसँग सम्बन्धित सामग्री राखेर शान्ति पार्क बनाउने योजना प्रस्ताव गरिएको थियो । शान्तिपार्कलाई नगरपालिकाले पछिल्लो तीन वर्षयता गौरव र प्राथमिकताप्राप्त योजनाको सूचीमा राख्दै आएको छ ।

बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिष्णु गौतमले नगरपालिका र वन डिभिजन कार्यालयले समन्वय गरेर पार्क निर्माण स्थल छनौट गरेमा योजना कार्यान्वयनमा समस्या नरहेको बताउनुभयो । वन समूहको कार्ययोजनामा समेटिएकाले आफूहरुको तर्फबाट कुनै समस्या नभएपनि नगरपालिकाकै इच्छाशक्ति र सक्रियता आवश्यक रहेको उहाँले बताउनुभयो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पार्क निर्माण स्थलको टुङ्गो लगाएर योजना कार्यान्वयनका लागि पहल गरिरहेको बताउनुभयो । उहाँका अनुसार शान्ति पार्क निर्माण स्थल टुङ्गो लगाउन बेनी बजार रहेको वडा नं. ७ र ८ को आमभेला बेलाएर परामर्श र सल्लाह सुझाव लिने तयारी भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...