तेस्रो ‘जेपिसी’ कपमा आयोजक च्याम्पीयन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा शनिबार सम्पन्न तेस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगितामा आयोजक जनप्रिय मावि भूतपूर्व विद्यार्थी परिवार च्याम्पीयन भएको छ ।

प्रतिस्पर्धात्मक भएको फाइलन खेलको निर्धारित ९० मिनेटको समयमा पश्चिम म्याग्दी युवा क्लव र जनप्रियका खेलाडीहरुबाट एक÷एक बराबर गोल भएपछि ट्राइब्रेकरमा ढकेलिएको थियो । ट्राइवेकरमा एकका विरुद्ध दुई गोल गर्दै जनप्रिय भूतपूूर्व विद्यार्थी परिवारले उपाधी जितेको हो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु. एक लाख ५१ हजार एक सय ११ र उपबिजेतालाई रु. ८१ हजार एक सय ११ नगद पुुरस्कार प्रदान गरिएको जनप्रिय भुतपूूर्व विद्यार्थी परिवारका संस्थापक सचिव रमेश पुनले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र परिवारका अध्यक्ष कुशल घर्ती लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । उत्कृष्ट खेलाडी पश्चिम म्याग्दीका विपुल कार्की, डिफेण्डरमा जेपिसीका संगम ठकुरी हुनुभयो भने पश्चिम म्याग्दीका सनिष बुढाले प्रतियोगिता अवधीभर सबैभन्दा धेरै चार गोल गर्नुभयो ।

जेपिसीका अञ्जन क्षेत्री उत्कृष्ट गोलरक्षक र हिराजित स्मृति क्लव अनुुशाषित टिम बनेको छ । नवबर्षको अवसरमा बैशाख १ गतेदेखि शुरु भएको प्रतियोगितामा २५ समूहले सहभागिता जनाएका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...