फलीयागाउँका बिपना र भिम भण्डारी घुम्ती गोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः रोजगारका लागि बहराइनमा पुगेका धवलागिरी गाउँपालिका –३ फलीयागाउँका ३९ वर्षीय भिम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुप¥यो ।

तीन छोराछोरी, वृद्ध बुवाआमा, भाई, बहिनीहरुको पठनपाठन देखि घर ब्यवहार चलाउने भिम विदेशबाट फर्किदा निराश भएपनि हिम्मत हार्नुभएन् । विदेशबाट फर्किएपछि बेरोजगार बनेका भिमलाई बाख्रापालन गर्ने सोच पलायो । आठ वर्षअघि शुरु गरेको घुम्ती गोठमा बाख्रापालन ब्यवसायले उहाँलाई स्वरोजगारका साथै आत्मनिर्भर बनाएको हो ।

“विदेशबाट फर्किनुपर्दा घरब्यवहार चलाउने खर्च कसरी जुटाउने भनेर पिरोलिएको थिए,” उहाँले भन्नुभयो “घुम्तीगोठमा बाख्रापालन शुरु गरेपछि रोजगारी र घरब्यवहार चलाउनकै लागि पैसा कमाउन विदेशनै जानुपर्दो रहनेछ भन्ने महशुस भयो ।”

Shreekrishna

भिमले बुवा लालबहादुर भण्डारीले पितापुर्खाको पालादेखिनै गर्दै आएको बाख्रापाल्ने पेशालाई व्यवस्थित गरेर निरन्तरता दिनुभएको हो । ५० वटाबाट शुरु भएको भिमको गोठमा हाल एक सय ५० स्थानीय खरी जातका बाख्रा छन् । उहाँलाई बाख्रापालनमा श्रीमति बिपनाले साथ दिनुभएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

वार्षिक १५ देखि २० वटा खसीबोका र त्यतीनै संख्यामा पाठापाथी तथा माउ बाख्रा बिक्री गर्ने भण्डारी दम्पत्ती बाख्रापालनबाट सन्तुष्ट छन् । “गोठमा बाख्राको संख्या धेरै हुँदा दुई सय वटा सम्म पुगेको थियो,” विपनाले भन्नुभयो “अर्काको देशमा गर्ने दुःख आफ्नै ठाउँमा गर्ने हो भने आत्मनिर्भर भइने रहेछ् ।”

अग्ला र धेरै तौल हुने खरी स्थानीय जातको बाख्रा हो । औसतमा एक बेतमा एक वटा पाठापाठी जन्माउने खरिका खसी दुई वर्ष पालेपछि प्रतिगोटा रु. २० हजारमा बिक्री हुने बिपनाले बताउनुभयो । धेरै संख्यामा दानापानी र घाँस पु¥याउन नसकिने हुँदा ग्रामिण क्षेत्रका किसानहरुले घुम्ती गोठमा बाख्रापालन गर्छन् ।

कात्तिकमा बेशी झरेका भण्डारी दम्पत्तीका बाख्रागोठ हिजोआज फलीगाउँको फेदीमा रहेको हुचिनमा छ । चिसो हुने भएकाले हुचिन भन्दा अझ न्यायो र बेशी सोलवाङमा गोठ राखिएको थियो । बैशाखको अन्तिम साता चरनका लागि बाख्रागोठ ढोरपाटन लैजाने उनिहरुको योजना छ ।
जेठ, असार र साउनमा गुर्जाघाट चर्ने बाख्राहरु भदौ र असोजमा त्यो भन्दा माथिको बुकी अनेरीमा पुग्छन् । किसानहरुले पशुका लागि आवश्यक पर्ने पोशिलो आहारा पाइने चरन क्षेत्रलाई बुकी भन्छन् । त्रिपालको टहरामा रात कटाउने उनिहरुले बाख्राको सुरक्षाका लागि पाँच वटा कुकुर पालेका छन् ।

कुकुरले चितुवा लगायत जंगली जनावरको गतिबिधीलाई निगरानी गर्ने, बाख्रालाई बचाउने, भुकेर सूचना दिने र कतिपय अवस्थामा जंगली जनावरसँग भिडेर भगाई सहयोग गर्ने विपनाले सुनाउनुभयो । आफ्नै नाममा जग्गा जमिन नहुँदा ब्यवसाय दर्ता गर्न नपाएका उनिहरुले बाख्रापालनलाईनै निरन्तरता दिने र जिविकोपार्जनको माध्यम बनाउने बताएका छन् ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले अभियानकै रुपमा महामारीजन्य रोग पिपिआर विरुद्धको खोप र धवलागिरी गाउँपालिकाले प्राबिधिक सेवा, त्रिपाल र सौर्य उर्जा सहयोग गरेको छ । महामारी बाहेकको अवस्थामा पनि बाख्राको औषधी उपचार निशूल्क गर्ने र पशु बिमाका लागि सहजिकरण गरिदिन भण्डारी दम्पत्तीले राज्यका निकायसँग अनुरोध गरेका छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...